Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ७ शुक्रबार ०७:०१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

काउन्सिलद्वारा विभिन्न पुरस्कार हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ७ शुक्रबार ०७:०१:००

 यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार हरिबहादुर थापाले पाएका छन् । पत्रकारितामा ३० वर्षदेखि सक्रिय पत्रकार थापाले पाएको पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँको छ । 

काउन्सिलको ५३औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पुरस्कृत गरेकी हुन् । संसदीय मामला, प्रशासकीय संयन्त्र, जलविद्युत्लगायत क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका थापा इकागज अनलाइनका प्रधानसम्पादक छन् । काउन्सिलकै सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार भने झापाका अग्रज पत्रकार माधव विद्रोहीले पाएका छन् । पुरस्कारको राशि एक लाख १० हजार रुपैयाँ छ । प्रेस काउन्सिल आचारसंहिता पुरस्कार अन्नपूर्ण दैनिक र वीरगन्जको आवाज एफएमलाई प्रदान गरिएको छ । 

यस वर्षको प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार पत्रकार सुरेन्द्र काफ्ले, दिलबहादुर छन्त्याल, नवराज छत्कुली र बालकृष्ण अधिकारीले पाएका छन् । त्यस्तै, क्रियाशील पत्रकारिता पुरस्कार दामोदरप्रसाद दवाडी, एकराज पाठक, भूपराज खड्का, पुस्कर बुढाथोकी, कृष्ण केसीलगायतले पाएका छन् ।