मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ५ बुधबार ०८:०८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

हावा शुद्ध गर्ने स्नेक प्लान्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ५ बुधबार ०८:०८:००

स्नेक प्लान्ट इन्डोर प्लान्ट हो । यसका विभिन्न प्रकार छन् । स्नेक प्लान्टले रातमा अक्सिजन फाल्ने भएकाले सुत्ने कोठामा राख्दा राम्रो मानिन्छ । यद्यपि, बैठक कोठाको सजावटमा पनि यो प्लान्टले सहयोग गर्छ । यसले आसपासको हावा शुद्ध गर्छ भन्ने वैज्ञानिक मान्यता पनि छ । त्यस्तै, यसले तनावरहित र ऊर्जावान् बनाउन सहयोग गर्छ । यसको बिरुवा पहिले पानीमा उमारेपछि मात्र माटोमा सार्नुपर्छ । 

स्नेक प्लान्टलाई हेरचाह गर्न गाह्रो छैन । यसलाई हल्का घामको आवश्यकता पर्छ समय–समयमा यसका पात काटिरहनु पर्छ । यो बिरुवालाई एकदमै सुक्खा हुन दिनुपर्छ । यसलाई महिनाको दुईपटक पानी हाल्दा पुग्छ । 

यसबाहेक एरिका पाम, पिस लिली, फिलोडेनड्रोन, पोथोस, चामाडोरा पाम, सिफोडिया पाम, फिलडल लिफ, रबर प्लान्ट, मोनेस्टेरा, फिलोडेन्ड्रनलगायत विभिन्न थरीका इन्डोर प्लान्ट्सका बिरुवा पनि रोप्न सकिन्छ । कोठालाई आकर्षक बनाउने, हावा शुद्धीकरण गर्ने र तपाईंलाई ऊर्जावान् बनाउने काममा पनि इन्डोर प्लान्ट्सको महत्वपूर्ण भूमिका रहन्छ ।