मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ४ मंगलबार
  • Thursday, 19 December, 2024
२o७९ असोज ४ मंगलबार o८:१o:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सामाजिक सञ्जालमा कसका फलोअर्स कति ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ४ मंगलबार o८:१o:oo

युट्युब
भारतीय सांगीतिक च्यानल टी–सिरिज युट्युबमा सर्वाधिक चर्चित छ । यस च्यानललाई २२ करोड ५० लाखभन्दा धेरैले सब्सक्राइब गरेका छन् । त्यस्तै, अमेरिकी शैक्षिक च्यानल कोको मेलोन नर्सरी राइम्सलाई १४ करोड ३० लाखभन्दा धेरैले फलो गरेका छन् । मनोरञ्जनात्मक सामग्री दिने सेट इन्डिया च्यानललाई १४ करोड २० लाखभन्दा धेरैले सब्स्क्राइब गरेका छन् । 
ट्विटर
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा ट्विटरमा सर्वाधिक फलो गरिएका व्यक्ति हुन् । उनको एकाउन्टलाई १३ करोड ३२ लाखभन्दा धेरैले फलो गरेका छन् । दोस्रो स्थानमा गायक जस्टिन बिबर छन् । उनको एकाउन्टलाई ११ करोड ४० लाखभन्दा धेरैले फलो गरेका छन् । तेस्रो स्थानमा १० करोड ८९ लाखभन्दा धेरै फलोअरसहित गायिका केट पेरी छिन् । 
फेसबुक
फेसबुकमा सर्वाधिक धेरै फलोअर्स फेसबुक एपको छ । यस एपलाई १८ करोड १६ लाखभन्दा धेरैले फलो गरेका छन् । त्यस्तै, सामसुङ कम्पनीको पेजलाई १६ करोड २१ लाखभन्दा धेरैले फलो गरेका छन् । फुटबलर क्रिस्टियानो रोनाल्डोको पेजलाई १५ करोड ३० लाखभन्दा धेरैले फलो गरेका छन् ।