मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ३ सोमबार
  • Monday, 14 July, 2025
समानुपातिक उम्मेदवारकाे बन्दसूची दर्ताकाे कारण साेमबार निर्वाचन आयोगमा निकै घुइँचाे रह्याे । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२o७९ असोज ३ सोमबार १९:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समानुपातिक बन्दसूची दर्ता गराउँदै दलहरू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३ सोमबार १९:o२:oo


आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको सूची बुझाएका छन् । 
निर्वाचन आयोगले दिएको निर्धारित समय आजसम्ममा सूची बुझाउनुपर्ने भएकाले दलहरूले समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची दर्ता गराएका हुन् । अहिले पनि केही दलले सूची दर्ता गराइरहेका छन् । 

आयोगले हिजो र आज बन्दसूची दर्ता गर्ने निर्वाचन कार्यक्रम तय गरेको थियो । त्यसक्रममा हिजो ६ दलले बन्दसूची पेश गरेका थिए । आज एमाले, कांग्रेस, माओवादीलगायतका ठूला दलसहित अन्य थुप्रै दलले सूची बुझाएका छन् ।