मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ३ सोमबार
  • Sunday, 13 July, 2025
रमेश सुवेदी काठमाडौं
२o७९ असोज ३ सोमबार १७:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

उपाधि उचाल्न नेपाल र बंगलादेश भिड्दै

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ३ सोमबार १७:१५:oo

छैटौँ महिला साफ च्याम्पियनसिपको उपाधिका लागि अहिले नेपाल र बंगालदेश भिडिरहेका छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अहिले पहिलो हाफको खेल चलिरहेको छ। 

रंगशालामा हजारौँ नेपाली समर्थक उपस्थित छन्। उनीहरू नेपाली महिला टिमलाई उत्साही बनाइरहेका छन्। 

खेल मैदान भने हिलाम्य छ। खेल सुरु हुनुअघिसम्म पनि भारी वर्षा भएकाले मैदानको सबै भागमा पानी जमेको छ। 

दुवै देश पहिलोपटक उपाधि जित्ने प्रयासमा छन्। महिला साफ च्याम्पियनसिपमा नेपालको यो पाँचौँ फाइनल हो। यसअघि चारपटकसम्म फाइनल पुगे पनि नेपालले उपाधि जित्न सकेको छैन। 

उपाधि जित्ने चाहनामा सधैँ भारत बाधक बन्दै आएको छ। तर, यसपटक नेपालले भारतलाई नै सेमिफाइनलमा पराजित गर्दै फाइनलमा पुगेको हो। नेपाली खेलाडी उच्च मनोबलका साथ मैदानमा भिडिरहेका छन्।