१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३ सोमबार
  • Friday, 27 September, 2024
२o७९ असोज ३ सोमबार o८:२o:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी बनाउन सकिन्छ व्यवस्थित भान्सा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३ सोमबार o८:२o:oo

सुन्दर घर, बैठक र सुन्दर भान्सा सबैको चाहना हुन्छ । भान्साको सीधा सम्बन्ध हाम्रो स्वास्थ्यसँग हुन्छ । यदि भान्सा फोहोर भएमा विभिन्न रोगका कीटाणु खानाका माध्यमबाट हाम्रो पेटमा प्रवेश गर्छन् । जसकारण झाडापखाला, टाइफाइड, हैजाजस्ता रोग लाग्ने गर्छन् । त्यसैले स्वस्थकर जीवन जिउन चाहने हो भने भान्साको सरसफाइ अनिवार्य छ । 

 दराज
भाँडाकुँडा वा आवश्यक खानेकुरा राख्नका लागि भान्सामा दराज हुन्छ । यद्यपि, धेरै समयसम्म खानेकुरा राख्दा दराज कुहिने तथा कुनामा फोहर जम्मा हुने हुन्छ । त्यसैले दराजको नियमित सरसफाइ गर्न आवश्यक छ ।
डाइनिङ टेबल 
अहिले विभिन्न डिजाइनका डाइनिङ टेबल आउन थालेका छन् ।  राउन्ड टेबल पनि आउन थालेका छन् । धेरैजना बसेर खाना खानाका लागि सुविधा पनि छ । यसलाई पनि प्रभावकारी ढंगले प्रयोग गर्‍यो भने किचेन सफा देखिन्छ । 
 ग्यास चुलो 
भान्सामा सबैभन्दा बढी प्रयोगमा आउने सामान हो, ग्यास चुलो । तेल र अन्य फोहोरका कारण ग्यास चुलो सफा गर्न गाह्रो हुने गर्छ । यद्यपि, तातो पानी, भाँडा धुने साबुन, बेकिङ सोडाको प्रयोग गरेर ग्यास चुलो चम्काउन सकिन्छ । जसले कीटाणुबाट हुन सक्ने जोखिमबाट बच्न सकिन्छ । 
 कुकिङ रेन्ज 
ग्यास चुलोको सट्टा कुकिङ रेन्ज पनि प्रयोग गर्न थालिएको छ । यसमा  ओभन पनि राखिएको हुन्छ । त्यसैमा  पकाउन र तताउन मिल्ने सुविधा हुन्छ । यसले किचेनलाई आकर्षक पनि देखाउँछ ।  
 फ्रिज
किचेनका लागि फ्रिज अति आवश्यक छ । खानेकुरा राख्नका लागि यो निकै उपयोगी छ । यसलाई  सफाइ समय–समयमा गरिरहनुपर्छ । नरम कपडालाई कागतीपानीमा भिजाएर फ्रिजमा लागेको दाग हटाउन सकिन्छ । जसले त्यसमा रहेका ब्याक्टेरियालाई पनि हटाउँछ ।  

भाँडाकुँडा 
सामान्यतया जुठा भाँडाकुँडा राख्नुहुन्न, माझिहाल्नुपर्छ भन्ने हाम्रो मान्यता छ । जुन स्वास्थ्यका दृष्टिकोणले पनि एकदमै ठीक हो ।  जुठो भाँडा लामो समयसम्म राख्दा त्यसमा ब्याक्टेरिया जम्मा हुन्छन् । जसकारण हाम्रो शरीरमा रोगको संक्रमण हुने सम्भावना उच्च रहन्छ । 

 चिम्नी 
खाना बनाउँदा धुवाँ तथा खारको कारण भान्सा फोहोर हुन्छ । विशेष गरी तरकारी पाकाउँदा खुर्सानीको राग तथा सासै फेर्न गाह्रो बनाउँछ । भान्सामा उत्पन्न धुवाँ बाहिर जानका लागि चिम्नी आवश्यक छ । चिम्नी लामो समय टिकाउनका लागि यसको प्रयोगमा ध्यान दिनुपर्छ । गुणस्तरीय चिम्नीको छनोट गर्नुपर्छ । घरको किचेनमा लुक परिर्वतन गर्नका लागि चिम्नीको आवश्यकता पर्दछ । त्यसैले चिम्नीको छनोट र यसको प्रयोग पनि सही तरिकाले गर्नु आवश्यक छ ।