१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २ आइतबार
  • Friday, 09 May, 2025
२o७९ असोज २ आइतबार १७:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थप ५९ जनामा संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २ आइतबार १७:५१:oo

काठमाडाै‌ – देशभर पछिल्लो २४ घण्टामा थप ५९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।   

पछिल्लो २४ घण्टामा दुई हजार आठ सय ८२ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार सात सय ५३ जनाको पिसीआर र एक हजार एक सय २९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा एक सय ६१ सङ्क्रमणमुक्त भएका छन्। योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८५ हजार तीन सय ९५ पुगेको छ। संक्रमित मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय ३० छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ। हाल होमआइसोलेसनमा एक हजार सात सय ६६, संस्थागत आइसोलेशनमा ६४ र आइसियुमा १८ सङ्क्रमित रहेका छन्। 

देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा ललितपुर छ। शून्य संक्रमित  रहेका जिल्लामा ताप्लेजुङ, तेह्थुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, कालिकोट, बझाङ र दार्चुला छन्। 

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौ‌मा छ सय ९६, ललितपुरमा दुई सय ९४ र भक्तपुरमा ३२ सक्रिय संक्रमित  छन्। कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।