अहिले आफ्नो शरीरलाई आकर्षक देखाउन जिम सेन्टर धाउने युवा जमात बढ्दो छ । अधिकांशले जिम सेन्टर वा घरमै बसेर पनि नियमित व्यायाम गरेर आफ्नो सुगठित शरीर बनाउन चाहन्छन् ।
जिम सेन्टरमा धेरै तौल उचाल्ने शारीरिक अभ्यासले मात्रै ‘सिक्स प्याक’ देखा पर्दैन । यसका लागि ठूलो मिहिनेत, जाँगर र धैर्य चाहिन्छ । यति मात्रै होइन, आफ्नो शरीरको वनावट, शारीरको तौल र उमेर आदिका बारेमा पर्याप्त जानकारी हुनुपर्छ ।
सिक्स प्याकका लागि ‘वर्कआउट’ खानापान पनि अत्यावश्यक छ । खानामा कार्बाेहाइड्रेट र फ्याटको मात्रा घटाएर प्रोटिनको मात्रा बढाउनुपर्छ, जसले मांसपेशी कसिलो र मजबुत होस् । सिक्स प्याकका लागि एब्सको एक्सरसाइज आवश्यक पर्छ ।
एब्स भनेको पेटभित्रको मसल्सको फर्मेसन गर्ने हो । अर्काे ‘सिक्स प्याक’का लागि तपाईंको शरीरमा भएको ‘क्यालोरी’को मात्राले निर्भर गराउँछ । यसका लागि शरीरमा ‘क्यालोरी’लाई सन्तुलनमा राख्नुपर्छ । तपाईं दैनिक ‘क्यालोरी डेभिएसन’मा बस्नुपर्छ ।
तपाईंले कति हजार क्यालोरी भएको खाना खानुहुन्छ र कस्तो एक्सरसाइज गर्दै हुनुहुन्छ ? तपाईंको शरीर दुब्लो वा मोटो कस्तो छ ? फिटनेस ट्रेनरले त्यहीअनुसार एक्सरसाइज गराउँछ । ‘सिक्स प्याक’का लागि एकैचोटि धेरै तौल उचाल्ने शारीरिक अभ्यास गर्नुपर्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ ।
कति समय लाग्छ ?
सिक्स प्याकका लागि शरीरलाई सुगठित र आकर्षक बनाउनका लागि पर्याप्त समय छुट्याउनुपर्छ । तपाईंको शरीरमा कति बोसो जम्मा भएको छ भन्ने कुरा बुझ्नुपर्छ । यदि तपाईंको शरीर धेरै मोटो छ भने घटाउनलाई फरक खालको एक्सरसाइज गर्नुपर्छ । यसमा स्विमिङ, साइक्लिङ, जगिङ आदि गर्नुपर्छ । सिक्स प्याकका लागि एब्सको एक्सरसाइज गर्नु जरुरी हुन्छ । एब्सका मसल्सलाई पनि ‘वेट ट्रेनिङ’ आवश्यक पर्छ । त्यसैले मसल्सहरू तब मात्रै मोटा हुनेछन्, जुन हेभी वेट ट्रेनिङ सहयोग पुग्छ ।
त्यसपछि खानपानमा ध्यान दिनुपर्छ । सिक्स प्याक एब्स बनाउनका लागि जिम ट्रेनरले धेरै प्रकारका डाइट सप्लिमेन्ट्स दिएका हुन्छन् । त्यसैलाई ‘फलो’ गर्नुपर्ने हुन्छ । कतिपय खानेकुराले शरीरलाई नोक्सान पुर्याउन सक्छ । फ्याट कम गर्ने भनेर कतिले फ्याटयुक्त खानेकुरा खाएका हुँदैनन् । फ्याटको कमीले शरीरका अन्य महत्वपूर्ण अंगमा नराम्रो असर पर्छ । शरीरमा फ्याटको मात्रा आवश्यक पर्छ ।
मोटो मान्छेको भन्दा दुब्लो मान्छेको शरीरमा छिटै सिक्स प्याक देखा पर्छ । मोटो मान्छेको शरीरमा सिक्स प्याक देखिन समय लाग्छ, तर सिक्स प्याक बनेपछि आकर्षक देखिन्छ । शरीरमा ‘क्यालोरी’को मात्रालाई सन्तुलनमा राख्नुपर्छ । शरीरमा ‘सिक्स प्याक’ देखाउन निकै कडा मिहिनेत गर्नुपर्छ ।
यस्तो खाना खाने
- हरियो सागसब्जी खानुपर्छ । जसले तपाईंको शरीरलाई ऊर्जा दिनुका साथै फ्रेस राख्छ । प्रोटिन डाइटमा ओट्स, चिकेन चेस्ट, माछा, अन्डाको सेतो भाग, पनिर, दूध, माछामासु, दही आदि खाइरहनुपर्छ ।
- सिक्स प्याक एब्सका लागि फाइबरयुक्त खानेकुरा आवश्यक पर्छ । यसले तपाईंको शरीरको विकास हुन्छ । प्रोटिनको सही मात्रा सन्तुलनमा राख्न मौसमी फलफूल खाइराख्ने ।
- बिहानको खानेकुरा बढाउँदा राम्रो हुन्छ । नास्ता हेभी र दिउँसो हल्का खाए पुग्छ । बेलुकीको खाना लन्चभन्दा पनि हल्का लिँदा राम्रो हुन्छ । खानेकुराका लागि समय तालिका बनाउँदा नै उयपुक्त हुन्छ ।
- पानीले हाम्रो शरीरलाई स्वस्थ राख्छ । किनभने धेरै एक्सरसाइज गर्दा ‘डिहाइड्रेसन’ हुने खतरा हुन्छ । यसबाट बच्न आफ्नो तौलको हिसाबले पर्याप्त पानी पिउनुपर्छ ।