मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २ आइतबार ०७:१४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अरुणिमा कलेजमा रोजगारी मेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २ आइतबार ०७:१४:००

बौद्धमा रहेको अरुणिमा कलेजले रोजगारी मेला आयोजना गर्ने भएको छ । कलेजले पहिलोपटक बाहिरका रोजगारी खोजिरहेका व्यक्तिहरूसमेत सहभागी हुन पाउने गरी रोजगार मेला आयोजना गर्न लागेको हो । 

मेलामा रोजगारीयोग्य जनशक्तिको खोजीका लागि २५ भन्दा बढी रोजगारदाता संस्था तथा कम्पनीका प्रतिनिधिले स्टल राख्ने कलेजका प्रिन्सिपल केशवप्रसाद जोशीले बताए । यामाहा, टाटा, फोर्ड, वेब सर्फर, ज्योति लाइफ, नेपाल क्यान, जिप, जेसिबीलगायतका नेपालमा नाम कमाएका कम्पनी मेलामा सहभागी हुने उनको भनाइ छ ।

मेलामा रोजगारीका खोजीमा रहेका कलेजका विद्यार्थी तथा अन्य व्यक्तिलाई रोजगारदाताले मेलास्थलमै अन्तर्वार्ता लिने तथा तत्काल नियुक्ति गर्ने व्यवस्थासमेत रहेको जनाइएको छ । यो मेलामा पाँच सयभन्दा बढी स्नातक उत्तीर्ण विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ । मेलामा आफ्ना योग्य विद्यार्थीलाई सहभागी गराउन वरिपरिका ५० भन्दा बढी कलेजलाई आमन्त्रण गरिएको जोशीको भनाइ छ ।

मेलामा सहभागिताका लागि कुनै शुल्क नराखिएको प्रिन्सिपल जोशीको भनाइ छ । कलेजपरिसरमै असोज ३ गते मंगलबार हुने मेलामा सहभागिताका लागि न्यूनतम १२ कक्षा उत्तीर्ण भएको हुनुपर्ने सर्त कलेजले राखेको छ ।

विभिन्न संस्थाहरूले कलेजका विद्यार्थीलाई मात्र सहभागी गराई रोजगार मेला सञ्चालन गर्ने गरेको भए पनि अरुणिमाले कलेजबाहिरका स्थानीयका लागि पनि मेलामा रोजगारी खोजी गर्न सक्ने व्यवस्था गरिएको जोशीको भनाइ छ ।

उनले भने, ‘हामीले बाहिरका रोजगारी खोजिरहेका युवा–युवतीलाई पनि सहभागी गराउनुलाई आफ्नो सामाजिक उत्तरदायित्व सम्झेका छौँ । यो मेलामा प्रारम्भिक चरणका योग्य जनशक्ति प्राप्त गर्न रोजगारदातालाई समस्या नहुने विश्वास लिएको छु ।’