Skip This
विश्वविद्यालयमा सधैँका लागि तालाबन्दी बन्द गर्न आग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विश्वविद्यालयमा सधैँका लागि तालाबन्दी बन्द गर्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:o५:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । पद्मकन्या क्याम्पसको ७२औँ वार्षिकोत्सव समारोहको अवसरमा शनिबार उनले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने बताए ।

दिनहुँजसो विभिन्न विद्यार्थी संगठनले विश्वविद्यालयमा तालाबन्दी गरेको उल्लेख गर्दै माओवादीका सचिवसमेत रहेका पौडेलले भने, ‘नेपाली संस्कारअनुसार शिक्षण संस्था र मन्दिर पवित्र संस्था मानिन्छन् । कृपया तालाबन्दी संस्कारको अन्त्य गरौँ । तालाबन्दीले विश्वविद्यालय बन्दैन ।’

सहमतिबाटै देशका ठूला–ठूला काम भएका बताउँदै मन्त्री पौडेलले सधैँका लागि तालाबन्दी नगर्ने बाटो अपनाउन सम्बन्धित सबैलाई आग्रह गरे । पवित्र स्थानलाई तालाबन्दी गरेमा राम्रो नहुनेसमेत उनले बताए । विश्वविद्यालयका पदाधिकारी, कर्मचारीहरूको समस्याको समाधान वार्ता, छलफल र संवादद्वारा हल गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री पौडेलले महिलाहरूको मूलतः अध्ययन–अध्यापन गराउने छुट्टै विश्वविद्यालयका रूपमा अघि बढाउन राखेकोे पद्मकन्या क्याम्पसको प्रस्ताव आफूले पनि अघि बढाउने विश्वास व्यक्त गरे । ‘चीनमा पाँच लाख जनताबराबर एउटा विश्वविद्यालय छ, भारतमा १४ लाख जनताबराबर एउटा विश्वविद्यालय छ,’ उनले भने, ‘नेपालमा झन्डै २० लाखबराबर एउटा विश्वविद्यालय छ र पनि कतिपयले नेपालमा विश्वविद्यालय धेरै भए कि भनेर आलोचना पनि गर्छन् ।’ 

ad
ad