मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३१ शुक्रबार
  • Wednesday, 18 December, 2024
एजेन्सी
२o७९ भदौ ३१ शुक्रबार o६:४९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टेनिस कोर्टबाट अलग्गिने फेडेररको घोषणा

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७९ भदौ ३१ शुक्रबार o६:४९:oo

टेनिस स्टार रोजर फेडेररले टेनिस कोर्टबाट बिदा लिने घोषणा गरेका छन् । २० पटक ग्रान्डस्लाम उपाधि जितेका ४१ वर्षीय फेडेररले लगातार तीनपटक घुँडाको सर्जरी गर्नुपरेसँगै कोर्टबाट बिदा लिने निर्णय लिएका हुन् ।

फेडेररले आगामी साता लन्डनमा हुने लेभर कपबाट सन्न्यास लिने बताएका छन् । स्विस खेलाडी फेडेरर सर्वाधिक २० पटक ग्रान्डस्लाम जित्ने तेस्रो खेलाडी हुन् । उनी खेल अवधिमा सर्वाधिक सफल खेलाडी रहे । फेडेररले अन्तिमपटक विम्बल्डन–२०२१ खेलेका थिए । जहाँ उनी क्वार्टरफाइनलसम्मको यात्रा गरेका थिए । सन् २०१८ को अष्ट्रेलियन ग्रान्डस्लाम फाइनल फेडेररका लागि अन्तिम रह्यो । ‘मेरा टेसिन परिवार, जसले मलाई वर्षभर खेल्न प्रेरणा दिए । म आज केही न्युज सेयर गर्न चाहन्छु । धेरैलाई थाहा छ होला, पछिल्लो तीन वर्ष इन्जुरी र सर्जरीबाट ग्रस्त छु,’ फेडेररले भनेका छन्, ‘मैले पूरा लय फर्काउन मिहिनेत गरेँ । तर, मलाई थाहा छ । मेरो ज्यानको क्षमता र सीमा । त्यसैले मैले खेलबाट बिदा लिने तय गरेँ ।’ 

फेडेररले स्वास्थ्यमा समस्या आउनुअघि २४ वर्षमा १५ सयभन्दा बढी खेल खेलेको र अब नसक्ने बताए । उनले भने, ‘मेरो जीवनीको २४ वर्षे यात्रामा १५ सयभन्दा धेरै टेनिस खेलेँ । टेसिनले नै यहाँसम्म पुर्‍यायो ।’ फेडेररले श्रीमती मिर्का, प्रशिक्षक, समर्थनलाई साथका लागि धन्यवाद दिएका छन् । यस्तै, सदावहार प्रतिद्वन्द्वी राफेल नाडाल र नोभाक जोकोभिकलाई पनि सम्झेका छन् । 

 टेनिसका राजा
दायाँहाते विश्व नम्बर एक खेलाडी रोजर फेडेररले २० पटक ग्रान्डस्लाम जिते । उनले अष्ट्रेलियन ओपन ६ पटक, फ्रेन्च ओपन एकपटक, विम्बल्डन आठपटक र युएस ओपन पाँचपटक जितेका छन् । यस्तै, सन् २०१२ मा लन्डनमा भएको समर ओलम्पिकमा एन्डी मुरेलाई ६–२ ६–१ ६–४ ले पराजित गर्दै मेन्स सिंगलतर्फ स्वर्ण पदक जितेका थिए । फेडेररले १४ वर्षको उमेरमा स्विट्जरल्यान्डको श्रेणी २ प्रतियोगिताबाट टेनिस सुरुवात गरेका थिए । सन् १९९८ मा १७ वर्षको उमेरमा इराक्ली लाबाड्जीलाई पुरुष एकलतर्फ पराजित गर्दै उपाधि जितेका थिए । यसै साल उनले जुनियरतर्फको अष्ट्रेलियन ओपन जिते । सोही वर्ष विम्बल्डन र युएस ओपनको उपाधिसमेत जितेका थिए ।