महाभियोग सिफारिस समितिको बैठक सकिएको छ । आज प्रतिप्रश्न नहुने भएको छ । बैठक बिहान ९ बजे बसेको थियो ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वाेच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूलाई बोलाउने निर्णय भएको छ । आजै उनीलाई पत्राचार गर्ने तयारी भएको छ ।
बैठक पुनः भोलि बस्नेछ । भोलिको बैठकमा रामबहादुर विष्ट सभापति हुनेछन् । भोलि बस्ने बैठकमा राजनीतिज्ञलाई भने नबोलाउने निर्णय भएको छ ।