१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २९ बुधबार
  • Wednesday, 03 July, 2024
२o७९ भदौ २९ बुधबार ११:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चामा ग्याजेट एडिक्सनको असर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २९ बुधबार ११:१६:oo

डाक्टरको सल्लाह

डा. करुणा कुँवर मनोविद्

बच्चाले भनेका कुरालाई आमा–बाबुले टार्न सक्दैनन् । त्यसैले बच्चाले हाँसेर, फकाएर, जसरी भए पनि मोबाइल वा ल्यापटप लिन्छ र गेमिङ तथा अन्य एप्लिकेसन खेल्न थाल्छ ।  टिनएजमा गइसकेपछि बच्चाको यस्तो स्वभाव लत बनिदिन्छ र  ऊ मोबाइल चलाएरै मात्र बस्छ । बच्चामा लागिसकेको स्वभावलाई टिनएजमा पुगेर हटाउन पनि गाह्रो हुन्छ, त्यसैले सानैदेखि यस विषयमा अभिभावक सतर्क हुन जरुरी छ । 

असर 
- ग्याजेटको लतमा फसेका बालबालिका सामाजिक रूपमा कम सक्रिय हुन्छन् । कुनै पनि सिचुएसन राम्रोसँग ह्यान्डल गर्न सक्दैनन् । 
- मित्रता र सहकार्यको भावना कम भएर जान्छ । साथीभाइसँग पनि कम बोल्छन् । भर्चुअल दुनियाँमै हराउँछन् । 
- स्कुल तथा अन्य गतिविधिमा परफर्मेन्स स्लो हुन सक्छ । 
- झर्को मान्ने, आफूभन्दा ठूलाले भनेको नसुन्नेलगायत समस्या देखिन सक्छ । 
- धेरैजनामा निद्रा बिग्रने समस्या देखिएको छ । 

समाधानका उपाय 
- बच्चालाई मोबाइल होइन, अभिभावकको खाँचो हुन्छ । त्यसैले मोबाइलको भरमा छाडेर हुँदैन, बरु आफ्नो काम छाडेर भए पनि बच्चाका लागि समय दिनुपर्छ । उसलाई सामाजिक मूल्य, मान्यता र संस्कार सानैदेखि सिकाउनुपर्छ । 
- सानैदेखि व्यायाम र विभिन्न इन्डोर तथा आउटडोर खेलहरू खेलाउने गर्नुपर्छ । उनीहरूलाई घुमाउन लैजाने, उनीहरूसँगै खेल खेल्नेलगायत काम गरियो भने उनीहरूले समाज बुझ्न पाउँछन् ।  मोबाइल बन्दै गर्न नसकिएला, तर थोरै समय मात्रै चलाउन दिनुपर्छ ।  
- विद्यालयमा पनि सचेतना क्लास दिनुपर्छ । 
- बच्चाले मोबाइलमा के चलाउँछ भन्ने पनि नियाल्नुपर्छ । भर्चुअल गेमहरू आफू पनि खेल्न हुँदैन र बच्चालाई पनि खेल्न दिन हुँदैन । कतिपय अवस्थामा बाबुआमाले खेलेको देखेरै बच्चाले पनि भर्चुअल गेम खेल्ने बानी विकास गरेको हुन्छ । 

ad
ad
ad
ad