मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ २७ सोमबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २७ सोमबार १५:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिट बाँडफाँड टुंग्याउन गठबन्धनका शीर्ष नेताहरू लगातार छलफलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २७ सोमबार १५:१७:oo

सत्ता साझेदार दलका शीर्ष नेताहरू आज बिहानदेखि लगातार छलफलमा जुटेका छन्। सिट बाँडफाँडको बाँकी विषयमा सहमति जुटाउन नेताहरू बिहानैदेखि छलफलमा छन्।

आज शीर्ष तहको छलफलबाट निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरूले बताएका छन्। कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार सिट बाँडफाँडको बाँकी विषयमा निष्कर्षमा पुग्ने गरी छलफल भइरहेको छ। यसअघि आइतबारको बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि आजलाई बैठक बोलाउने निर्णय भएकाे थियाे।

गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलले कांग्रेस ६०, माओवादी १३, जसपा र एकीकृत समाजवादी आठ–आठ तथा राष्ट्रिय जनमोर्चाले पाउने एक सिटको टुंगो लगाए पनि अन्य ७५ सिटमा गठबन्धनमा सहमति जुटेको छैन।