१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २६ आइतबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ २६ आइतबार o९:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

मनोविद्  गोपाल ढकाललाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २६ आइतबार o९:११:oo

पाँच वर्षमा १७ सय ४२ बालिका र ११ सय आठ बालकले आत्महत्या गरेको तथ्यांकले के बताउँछ ?
बालबालिकाको आत्महत्या प्रत्येक वर्ष बढ्नु चिन्ताको विषय हो । यसबाट घरपरिवार र समाजले बालबालिकामा पनि कुण्ठा, नैराश्य, आवेग, उत्तेजना मनोभावनाका कारण मानसिक स्वास्थ्य समस्या देखिन सक्छ भनेर बुझ्न सक्नुपर्छ । 

बालिका आत्महत्याको बढ्दो संख्याले के संकेत गर्छ?
बालिका आत्महत्याको दर बढी हुनुमा हाम्रो सामाजिक संरचना नै दोषी छ । किशोरीहरू बढी दबाबमा हुन्छन् । कलिलो उमेरमा बालक र बालिका समान रूपमा हुर्किए पनि उमेर बढ्दै जाँदा बालिका या किशोरीहरू बढी नै नियन्त्रणमा रहन बाध्य हुन्छन् । उनीहरू यौनहिंसाको सिकार पनि बन्न सक्छन् । यसैका कारण उनीहरूको आत्महत्याको दर बढी देखिएको हो । 

यसलाई न्यूनीकरण गर्न घरपरिवार, समाज या राज्य को बढी जिम्मेवार हुनुपर्छ ?
यसको रोकथाममा सबै पक्ष जिम्मेवार हुन्छन् । घरपरिवार, स्कुल, संघसंस्था, समाज र राज्यले जिम्मेवार भएर बालबालिकाको समस्या बुझेर उनीहरूलाई साथ दिने, बालबालिकामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएमा समयमै चिकित्सककहाँ लाने गरेमा यस्तो समस्या न्यूनीकरण गर्न सकिन्छ । 

ad
ad
ad
ad