१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वन फँडानी अभियोगमा नासा हाइड्रोलाई २६ लाख जरिवाना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५५:oo

नासा हाइड्रोपावरले निर्माण सुरु गरेको दोलखाको बिगु गाउँपालिका–१ स्थित लप्चे खोला जलविद्युत् आयोजनालाई वन फँडानी अभियोगमा २६ लाख जरिवाना गरिएको छ ।  

आयोजना प्रवेश गर्ने सडक निर्माण गर्दा ३६३ रूख कटान गरेको भन्दै नासा हाइड्रोले प्रवद्र्धन गरेको लप्चे खोला जलविद्युत्लाई गौरीशंकर संरक्षण क्षेत्र सम्पर्क कार्यालय दोलखाले जरिवाना गराएको हो । एक सय ६० मेगावाट क्षमताको लप्चे खोला जलविद्युत् आयोजना निर्माण गर्न एमबी दुगड ग्रुपअन्तर्गतको प्रवद्र्धक कम्पनी नासा हाइड्रोले दोलखाको लामाबगरबाट एक वर्षअघि पहुँचमार्ग विस्तारको काम सुरु गरेको थियो ।  

हेलिकोप्टरमार्फत मेसिन ढुवानी गरी तीन ठाउँबाट सडक निर्माण सुरु गरेको नासा हाइड्रोले वन मन्त्रालयको अनुमतिबेगर धमाधम रूख कटान गरेको भन्दै ६ महिनाअघि गौरीशंकर संरक्षण क्षेत्रले मुद्दा दायर गरेको थियो । संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसी दाहालले विनाअनुमति सरकारी जंगल आफूखुसी फँडानी गरेपछि हाइड्रोपावरविरुद्ध संरक्षण क्षेत्रले मुद्दा दायर गरेको र उक्त मुद्दा भर्खरै फैसला भएको जानकारी दिए । उ

नले हाइड्रो कम्पनीले विनाअनुमति रूख कटान गर्दा त्यस क्षेत्रमा रहेका जंगली जनावर र वातावरणीय पर्यावरणमा नराम्रो असर परेको जनाएका छन् । आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन इआइएको समेत प्रभावकारी कार्यान्वयन नगरेको र जसका कारण लप्ची क्षेत्रमा थप असर देखिएकाले इआइए प्रतिवेदनभन्दा फरक गतिविधि गरेको अभियोगमा अर्को मुद्दासमेत दर्ता गरिएको सूचना अधिकारी दाहालले जानकारी दिए । 

थप ५० लाख जरिवाना गर्न सिफारिस 
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले उल्लेख गरेकोभन्दा बाहिर गएर गैरकानुनी काम गरेको भन्दै गौरीशंकर संरक्षण क्षेत्रले दायर गरेको मुद्दा सम्पर्क कार्यालयले वन विभागमार्फत मन्त्रालय पठाएको छ । सम्पर्क कार्यालयका अनुसार प्रतिवेदनको उल्टो कार्यान्वयन गरेको र वातावरण विनाशमा आयोजना सक्रिय देखिएकाले ५० लाख जरिवाना गर्न सिफारिस गरिएको छ । इआइए प्रतिवेदनको गलत कार्यान्वयनसम्बन्धी मुद्दाको फैसला वन मन्त्रालयमार्फत हुने गर्छ ।

अनुसन्धानमा संलग्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका एक अधिकारीले हदैसम्मको कारबाही हुन सक्ने बताएका छन् । उनका अनुसार वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले उल्लेख गरेकोभन्दा फरक गतिविधि गरेमा वातावरण संरक्षण ऐन, २०७६ बमोजिम कारबाही हुनेछ । उक्त मुद्दा फैसला नहुन्जेल निर्माण कार्य अघि बढाउन नपाउने ऐनमा उल्लेख छ । 

ad
ad