१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
अनिल यादव काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्वार्थले गाँजेको राजनीतिमा आपराधिक पृष्ठभूमिका व्यक्तिलाई टिकट : राजनीतिक विश्लेषक बराल

Read Time : < 1 मिनेट
अनिल यादव, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:२o:oo

राजनीतिक विश्लेषक लोकराज बरालले जसरी पनि चुनाव जित्ने नेताहरूको मनोविज्ञानका कारण आपराधिक पृष्ठभूमिका व्यक्तिले टिकट पाइरहेकाे बताएका छन्। यस्ता व्यक्तिबाटै दलहरूले आर्थिक फाइदा लिइरहेकाले विवादित व्यक्तिलाई सांसद बनाउन दलहरू तयार भएकाे उनको बुझाइ छ।

'आर्थिक हिसाबले पनि उनीहरू (आपराधिक पृष्ठभूमिका)बाटै पार्टीले फाइदा उठाइरहेको हुन्छ । पार्टीका नेताको मनोविज्ञान जसरी पनि चुनाव जित्नुपर्छ, सिट संख्या बढाउनुपर्छ भन्ने हुन्छ। त्यसैले उनीहरू यस्ता पृष्ठभूमिका व्यक्तिलाई सांसद बनाउन तयार देखिएका हुन्,' बरालले नयाँ पत्रिकासँग भने।

भारतसहित दक्षिण एसियामा आपराधिक पृष्ठमूमिका सांसद धेरै भएको उल्लेख गर्दै उनले यसले देशलाई कुनै हालतमा फाइदा नगर्ने प्रस्ट पारे। पैसा खर्च गर्नेले टिकट पाउने स्वार्थको राजनीतिमा विवेक नहुने भन्दै उनले अहिलेको नेतृत्वबाट यी विकृति रोकिने अपेक्षा गर्न नसकिने ठोकुवा गरे।

बरालले भने, 'विवेकहीन र स्वार्थको राजनीतिमा यस्तै हुन्छ । जसले पैसा खर्च गर्न सक्छ, उसैले टिकट पाउने राजनीतिमा नैतिकता र विवेक हुँदैन । यो राम्रो हुँदै होइन । तर, अहिलेको राजनीतिक नेतृत्वबाट यो विकृति रोकिएला भन्ने अपेक्षा गर्न सकिँदैन ।'

 

याे पनि : ‘गुन्डानाइके’, भ्रष्टाचारका आरोपी, थुनामा रहेकादेखि उद्योगी–व्यापारीसम्म उम्मेदवार बन्ने दौडमा

ad
ad