१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o९:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

यी हुन् एमालेबाट उम्मेदवार सिफारिस भएका ठेकेदार र व्यवसायी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:४८:oo

एमालेबाट पनि प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकमा ठेकेदार र व्यावसायिक पृष्ठभूमिका थुप्रै व्यक्ति उम्मेदवार सिफारिस भएका छन् । चर्चित मेडिकल व्यवसयी दुर्गा प्रसाईंदेखि उद्योगपति मोतीलाल दुगडसम्म एमालेबाट उम्मेदवारको दौडमा छन् ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईं झापा– ३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भइसकेका छन् भने अहिले समानुपातिक सांसद रहेका प्रसाईं मोरङको कुनै क्षेत्रबाट उम्मेदवारी दिने योजनामा छन् । त्यस्तै, अल्फाबिटाका सञ्चालक द्विराज शर्मा सिवाकोटी काठमाडौं– १ बाट एमालेबाट सिफारिस भएका छन् । 

त्यस्तै, रसुवाबाट निर्माण व्यवसायी जनार्दन ढकाल प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा छन् । उनी ०७० मा रसुवाबाट निर्वाचित भए पनि ०७४ को निर्वाचनमा पराजित भएका थिए । झापा– ४ बाट वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष लालप्रसाद (एलपी) साँवा लिम्बू सिफारिस भएका छन् । एमालेनिकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षसमेत रहेका उनी अहिले पनि प्रतिनिधिसभाका सांसद हुन् ।

त्यसैगरी, मनाङमा दक्षिण एसियाकै ठूलो स्याउ फार्म खोलेका प्रतिनिधिसभाका सांसद पोल्देन छोपाङ गुरुङ पुनः उम्मेदवारका लागि सिफारिस भएका छन् । त्यस्तै, पर्सा १ बाट नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारी, २ बाट व्यवसायी तथा वीरगन्ज उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष विजय सराबगी उम्मेदवार सिफारिस भएका छन् । 

दोलखाबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्माण व्यवसायी सहदेव खड्का, प्रदेश सभा (क)मा अर्का निर्माण व्यवसायी विदुर शर्माको नाम सिफारिस भएको छ । त्यस्तै, रामेछापबाट प्रतिनिधिसभाका लागि निर्माण व्यवसायी रत्न गौतमको नाम सिफारिस भएको छ । 

ad
ad