नेपाली कांग्रेसको तेमाल–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। बौद्धमा आयोजित एक कार्यक्रमका बीच चक्रबहादुर तामाङको संयोजकत्वमा १७ सदस्यीय सम्पर्क समिति गठन गरिएको हो।
संविधानसभा सदस्य एवं नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, कांग्रेस तेमाल गाउँपालिका सभापति ज्ञानबहादुर लामालगायतको उपस्थितिमा सम्पर्क समिति गठन गरिएको हो।
समितिमा उपसभापति दोर्जे तामाङ र सिंहध्वज तामाङ, सचिवद्वयमा रत्नकुमार तामाङ र भीमबहादुर तामाङ, कोषाध्यक्षमा लालबहादुर तामाङ तथा सदस्यहरुमा राजकुमार तामाङ, इन्द्र तामाङ, प्रकाश तामाङ, सुकुमान तामाङ, ङेमा तामाङ, धुवाराज तामाङ, राजीव तामाङ, कुलबहादुर तामाङ, निमा घिसिङ, निमादोर्जे लामा र रत्नकुमार तामाङ रहेका छन्।