१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २३ बिहीबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २३ बिहीबार १५:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस रामराम भन्ने अवस्थामा आइसकेको छ : पूर्वराष्ट्रपति यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २३ बिहीबार १५:४५:oo

पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबन्डा गरिरहेको बताएका छन्। बिहीबार काठमाडौंमा भएको बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

उनले कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नुसिवाय अरू नरहेको उल्लेख गरे। बिपीका राजनीतिक चिन्तनहरू अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेताहरूलाई नरहेको भन्दै उनले टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए।

‘बिपीको जेल डायरी, बिपीको आत्मवृत्तान्त, बिपीले बोलेका राजनीतिबारेमा विषयहरू कांग्रसीलाई पढ्नलाई फुर्सद छैन। सोझै कांग्रेस छिर्छन्। किनकि टिकट किन्नेलाई कांग्रेसी भनेको छ, कति वर्ष भइसकेको छ, कांग्रेसमा लागेकालाई फुर्सद नै छैन। पैसामा टिकट बेचिरहेको छ,’ उनले भने।

पूर्वराष्ट्रपति यादवले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेकोमा आपत्ति जनाए। उनले स्थानीय निर्वाचनमा वडा र पालिकाहरूमा टिकट बिक्री भएको उल्लेख गर्दै पार्टीमा विधि र आदर्शको पालना र सम्मान हुन छोडेकोप्रति चिन्ता व्यक्त गरे। उनले कांग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरू पार्टीसँग मिलेर अंशबन्डा गर्नु लज्जाको विषय भएको बताए।

यादवले भने, ‘कांग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबन्डा गरिरहेका छौँ हामी। जनताबीच जान पनि अरू पार्टीसँग मिलेर अंशबन्डा गरिरहेको छ। राम, राम, राम । कांग्रेसबारे रामराम भन्ने वेला भइसकेको छ।’

ad
ad
ad
ad