१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २० सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २० सोमबार १९:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भ्रष्टाचार आरोपी कैलालीका तत्कालीन प्रधानाध्यापकसहित ३ जनालाई ६ महिना कैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २० सोमबार १९:३१:oo

विशेष अदालतले कैलालीको बेहडाबाबा माविका तत्कालीन प्रधानाध्यापक गोविन्दराज ओझासहित दुईजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेषले सोमबार ओझासहित सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दरवारी राना र लेखापाल गोपाल सेटीलाई पनि कैद तथा बिगो असुल गर्ने गरी दोषी ठहर गरेको हो।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय रमेशकुमार पोखरेल र बलभद्र बाँस्तोलाको इजलासले यस मुद्दामा फैसला सुनाएको हो।  ‘उहाँहरू तीनैजनालाई ६/६ महिना कैद र बिगो असुलउपर गर्ने फैसला सुनाइएको हो,’ विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले भने। उनीहरूलाई प्रतिव्यक्ति ३ ‍लाख २५ हजार ९ सय ९२ रुपैयाँ बिगो भराउने फैसला भएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने २९ वैशाख २०७६ मा साढे दुई वर्षदेखि ४ वर्षसम्म कैदको माग गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो। तत्कालीन प्रधानाध्यापक ओझाले विभिन्न मितिमा रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप अख्तियारको थियो। 

मध्य जेठ २०७० देखि उक्त विद्यालयमा गैरहाजिर रहेका शिक्षकको जानकारी सम्बन्धित निकायमा नगराई उल्टै गैरहाजिर शिक्षकको नाममा समेत माग फारम भरी २०७३ वैशाखसम्मको तलबभत्ता भुक्तानी लिएको आरोप-पत्रमा उल्लेख छ। 

यसैगरी, विद्यालयका सामान खरिद तथा विद्यालयले तोकेको शीर्षकमा रकम खर्च नगरी झुठा बिल भर्पाई बनाई रकम निकासा गरेकोमा समेत प्रधानाध्यापक ओझा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राना र लेखापाल सेटी दोषी देखिएको अख्तियारको निष्कर्ष थियो। 

ad
ad
ad
ad