१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १९ आइतबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १९ आइतबार o७:२६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

४० दिनमा ३१ दिनसम्म क्याम्पसमा अनुपस्थित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १९ आइतबार o७:२६:oo

अमृत साइन्स क्याम्पसका प्रमुखदेखि कर्मचारी महिनौँ गैरहाजिर, तलब–भत्ता असुल गर्न राष्ट्रिय सतर्कताको निर्देशन

ठमेलस्थित अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख, प्राध्यापकदेखि कर्मचारी महिनौँसम्म कार्यालय अनुपस्थित भएर तलब–भत्ता लिने गरेको पाइएको छ । बिदा स्वीकृत गराएर मात्र गैरहाजिर हुनुपर्ने प्रावधानविपरीत उनीहरू महिनौँसम्म अनुपस्थित भएर त्यस समयबापतको समेत तलब–भत्ता बुझ्ने गरेको पाइएको हो ।

राष्ट्रिय सतर्कता केन्द्रको छानबिनबाट एक सय ८५ शिक्षक–कर्मचारी बिदा स्वीकृत नगराई अनुपस्थित रहेको र गैरकानुनी रूपमा तलब लिएको खुलेको हो । केन्द्रका एसपी गणेशकुमार श्रेष्ठ र डिएसपी कृष्णप्रसाद अधिकारी सम्मिलित छानबिन समितिको प्रतिवेदनअनुसार ०७८ मा १ मंसिरदेखि १० पुससम्मको विद्युतीय हाजिर हेर्दा १२ जना कर्मचारी त ३१ दिन अनुपस्थित छन् । बाँकी कर्मचारी पनि २९, २७, २६, २५, २३, २१, १८, १६ दिनसम्म अनुपस्थित रहेको पाइएको हो । ‘विद्युतीय हाजिरबाहेक हामीले थप चार दिन (१४ वैशाख, २५ जेठ, २ असार र ८ असार) को हाजिर पनि हे¥यौँ,’ डिएसपी अधिकारीले भने, ‘तर, सुधार देखिएन । बिदा नै स्वीकृत नगराई अनुपस्थित हुने, कार्यालय आउनुपरे दिउँसो वा साँझ मात्र आउने गरेको पाइयो ।’

क्याम्पसका १२ जना कर्मचारी ४० दिनमा ३१ दिन अनुपस्थित छन् । यसरी ३१ दिन अनुपस्थित हुनेमा जकनरत्न मल्ल, मञ्जुश्री बज्राचार्य, अनिल पाण्डे, मुनाल सुवेदी, पीताम्बर श्रेष्ठ, विजयकुमार झा, वीरेन्द्रप्रसाद यादव, नरेन्द्रकुमार सिंह, राजेश्वरी श्रेष्ठ, मनोजकुमार प्रसाद, अरुणकुमार शर्मासहित छन् । यीमध्ये धेरैजसो कर्मचारी थप चार दिनको छड्केमा पनि अनुपस्थित रहेको पाइएको सतर्कताको छानबिन प्रतिवेदनमा उल्लेख छ । देवीप्रसाद भट्टराई ३० दिन अनुपस्थित देखिन्छन् ।

क्याम्पस प्रमुख लोकबहादुर बराल एक महिनामा पाँच दिन अनुपस्थित छन् । उनी छड्के हाजिर जाँच हुँदा पनि चार दिनमा एक दिन अनुपस्थित छन् । सहायक क्याम्पस प्रमुख रवीन्द्रसिंह महत दुई दिन अनुपस्थित देखिन्छन् । प्रशासन प्रमुख सुरेन्द्रलाल तण्डुकार एक महिनामा २७ दिन अनुपस्थित छन् भने सिएसआइटी विभागका प्रमुुख हिक्मत रोकाया १५ दिन गैरहाजिर छन् ।

टियू रजिष्ट्रारलाई सतर्कताको पत्र 
सतर्कता केन्द्रले बिदा स्वीकृत नगराई अनुपस्थित हुने शिक्षक कर्मचारीलाई कारबाही गर्न त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारलाई निर्देशन दिएको छ।

सतर्कताले लिखित निर्देशन दिँदै विद्युतीय हाजिरबाट अनुपस्थित देखिएका शिक्षक कर्मचारीलाई कारबाही गर्न र  ती कर्मचारीले बुझेको सो अवधिको तलबभत्ता असुल गर्न भनेको छ। साथै,  कार्यालयमा हाजिरबिना नै तलबभत्ता भुक्तानी गर्ने पदाधिकारीलाई पनि कारबाही गर्न सतर्कताले निर्देशन दिएको छ।