मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १८ शनिबार १८:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी भुटान प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १८ शनिबार १८:०१:००

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी भुटान प्रस्थान गरेका छन्। ‘डब्लुएचओ क्षेत्रीय समितिको दक्षिणपूर्व एसियाको पचहत्तरौँ अधिवेशन’ मा सहभागी हुन स्वास्थ्य राज्यमन्त्री केसी भुटान प्रस्थान गरेका हुन्।

अधिवेशनमा स्वास्थ्य सचिव डा.रोशन पोखरेल, अतिरिक्त सचिव संगीता कौशल मिश्र, उपसचिव मोहन निरौला, स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लाल गएका छन्। सो अवसरमा दक्षिण एसियाली मुलुकका स्वास्थ्य मन्त्रीहरू सहभागी हुनेछन्। स्वास्थ्य राज्यमन्त्रीसहितका अधिकारी भदौ २३ गते फर्किने कार्यक्रम छ।