१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १८ शनिबार
  • Saturday, 28 September, 2024
श्रवण थापा सर्लाही
२o७९ भदौ १८ शनिबार ११:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठुलो परिमाणमा नक्कली नोटको नमुना कागजसहित एक पक्राउ

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७९ भदौ १८ शनिबार ११:४६:oo

सर्लाहीको सीमावर्ती क्षेत्रमा नक्कली नोटको बिगबिगी रहेको पाइएको छ। शुक्रबार नेपाल–भारत सीमावर्ती क्षेत्र बहादुरपुरबाट ठुलो परिमाणमा नक्कली नोट बनाउने नमुना कागज बरामद भएपछि यस्तो खुलेको हो।

जिल्लाको गोडैता नगरपालिका–३ सिमरा भगवतीपुर बजारमा खटिएको सशस्त्र प्रहरीको टोलीले ठुलो परिमाणमा नक्कली नोट तयार गर्ने कागजको बण्डल बरामद गरेको छ। बिओपी बहादुरपुरबाट सशस्त्र प्रहरी नायव निरिक्षक बिदिया भुषण झाको नेतृत्वमा खटिएको टोलीले नक्कली नोट बनाउने कागजसहित नुवाकोटको ककनी गाउँपालिकाका ३२ बर्षका हिरामान लामालाई पक्राउ गरेको छ।

स्कोरपियोमा सीमावर्ति भगवतीपुर बजारतर्फ जाँदै गरेका लामालाई रोकेर गाडीको डिकी चेक गर्ने क्रममा नक्कली नोट बनाउने कागज बरामद भएको हो। स्कोरपियो भने प्रहरीको आँखा छलेर फरार भएको प्रहरीले जनाएको छ। फरार स्कोरपियो र चालकको खोजी भइरहेको सशस्त्र प्रहरी १० नम्बर गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले जानकारी दिए।

प्रहरीका अनुसार कार्टुन बक्समा प्याक गरेको अवस्थामा नगद रु ४० हजार र सय दरका नक्कली नोट बनाउने ६९ बण्डल कागज बरामद भएको हो। यस्तै पक्राउ परेका लामाको साथबाट रु १७ हजार नगद, माच्छापुच्छ्रे बैँकको ३० लाख ६० हजारको एक थान चेकसहित दुई थान चेक, एक/एक थान पासपोर्ट, बिलबुक र मोवाइल तथा दुई थान एटिएम कार्ड र नागरिकतासमेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका लामालाई बरामद सामाग्रीसहित ईलाका प्रहरी कार्यलय गडहिया ढुमरिया बुझाईएको सशस्त्र प्रहरी १० नम्बर कविलासीले जनाएको हो।