मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १८ शनिबार १०:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङ २ ‘क’ प्रदेशबाट प्रदेश सांसदमा अधिकारी सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १८ शनिबार १०:१८:००

नेपाली कांग्रेस धादिङ प्रदेश क्षेत्र नम्बर २  ‘क’ ले पत्रकार सरोज अधिकारीलाई प्रदेश सांसदको उम्मेदवार बनाउन माथिल्लो तहमा सिफारीस गरेको छ । प्रदेश समिति र त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधहरूको बैठकले प्रदेश २ ‘क’मा प्रत्यक्ष निर्वाचन लड्न महाधिवेशन प्रतिनिधि समेत रहेका अधिकारीलाई  सिफारिस गरेको हो ।

लामो समय पत्रकारीतामा रहेका अधिकारी पछिल्लो समय जिल्लाको विकास निर्माणको काममा क्रियाशील छन् । २०५७ सालमा नेपाल विधार्थी संघ नीलकण्ठ स्कुलको अध्यक्ष हुँदै राजनीति सुरू गरेका अधिकारी  नेपाल प्रेस युनियनको पुर्व केन्द्रीय कोषाध्यक्ष हुन् ।  कांग्रेसभित्र थिङ्ट्क्यक मानिने प्रजातान्त्रिक बिचार समाजको केन्द्रीय सदस्य रहेका अधिकारी पटक पटक कांग्रेस पार्टीको केन्द्रीय प्रचार समितिहरूमा रही काम गरि गरि सकेका व्यक्ति हुन् ।