१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १७ शुक्रबार
  • Friday, 05 July, 2024
दीपक भट्ट रामेछाप
२o७९ भदौ १७ शुक्रबार १४:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भ्रष्टाचार आरोपमा मन्थलीका प्रमुख प्रशासकीय अधिकृत पौडेलविरुद्ध पाँच उजुरी

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७९ भदौ १७ शुक्रबार १४:३४:oo

मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार र सम्पति शुद्धीकरण अनुसन्धान विभागमा एक गरी पाँचवटा उजुरी दर्ता भएको छ।

अधिकृत पौडेलले मन्थली नगरपालिकामा रहेर विभिन्न योजनाका नाममा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता भएका छन्। त्यसमध्ये अख्तियारको टंगालस्थित कार्यालयमा तीन र बर्दिबासमा एक उजुरी परेको छ।

मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेल विगत दुई वर्षदेखि मन्थली नगरपालिकामा कार्यरत छन्। उनले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा बसेदेखि हालसम्म पालिकाभित्र निर्माणाधीन सडक, भवनलगायतका विकास निर्माणमा उपभोक्ता समिति र निर्माण व्यवसायीमार्फत लाखौँ कमिसन लिने गरेको उजुरीकर्ताको आरोप छ।

पौडेलले कार्यालयको गाडी मर्मत र इन्धनमा नक्कली फर्जी बिल बनाई लाखौँ रकम भ्रष्टाचार गर्ने गरेको साथै कार्यालयमा आवश्यक नै नभएका फर्निचर र स्टेसनरी सामग्री बजार मूल्यभन्दा बढीमा खरिद गरेको बिल राखी भुक्तानी गरेर व्यवसायीसँग रकम असुल्ने गरेको दाबीसमेत उजुरीमा गरिएको छ। उनले नगरसभाबाट पारित नै नगराई योजनाहरू उपभोक्ता समिति र निर्माण व्यवसायीलाई दिएर लाखौँ रकम कमिसन लिने गरेको, अतिथि सत्कारको नाममा लाखौँ रकम नियमविपरीत कार्यालयबाट लिई भ्रष्टाचार गरेको आरोप छ। 

यसैगरी आव  ०७७–७८ मा उपभोक्ता समिति गठन नै नगरी वडाको सिफारिसविना आफू खुसी रकम वितरण गर्दै किर्ते कागजात बनाई करोडौँ भ्रष्टाचार गरेको आरोप पनि उनीमाथि लागेको छ। त्यस्तै, मन्थली अस्पतालमा आवश्यक उपकरण र औषधि खरिद गर्दा राष्ट्रिय दैनिक पत्रिकामा सूचना नै ननिकाली कोटेसनमा खरिद गरी लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको, आव ०७८–७९ मा पालिकाभित्र रहेका विभिन्न फाँटहरूको रकम रकमान्तर गरी भ्रष्टाचार गरेको भन्दै उजुरीकर्ताले अख्तियारमा उजुरी दर्ता गराएका हुन्।

यस्तै, प्रशासकीय अधिकृत पौडेलले मन्थली माध्यमिक विद्यालयसँग साँठगाँठ गरी कक्षा १० सम्म अध्ययनरत विद्यार्थीबाट मासिक शुल्क असुल्ने गरेको, विद्यालयको भवन निर्माण गर्दा टेन्डर प्रक्रिया नै नगरी उपभोक्ता समितिमार्फत काम गराएर लाखौँ रुपैयाँ असुल्ने गरेको, आफ्नै कर्मचारीलाई वर्षैपिच्छे कृषि अनुदान रकम दिएर अनियमितता गरी राज्यको ढुकुटीलाई दुरुपयोग गर्दै गैरकानुनी रूपमा अकुत सम्पत्ति कमाएको उजुरीकर्ताको दाबी छ।

अधिकृत पौडेलले आर्थिक अनियमितता गरेको भन्दै परेको उजुरीको विषयमा अख्तियारबाट जिल्ला प्रशासन कार्यालय रामेछापलाई पत्राचार आएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए। उनले भने, ‘अख्तियारबाट पत्र प्राप्त भएको छ। अहिले हामी अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा भन्न मिल्दैन। अनुसन्धानपछि मात्रै जानकारी गराउनेछौँ।’

यता आरोपित मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने आफूले कमिसन लिएको र अनियमितता गरेकोबारे अख्तियारले सोधेमा जवाफ दिने बताएका छन्।

ad
ad
ad
ad