मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ १६ बिहीबार ११:५८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पटिहानी फुटबल क्लब र महिन्द्रा ट्रयाक्टरबीच सम्झौता

Read Time : < 1 मिनेट
२०७९ भदौ १६ बिहीबार ११:५८:००

पश्चिम चितवनको समुदायस्तरमै पुगेर खेलाडी उत्पादन र प्रशिक्षण गर्दै आएको पटिहानी फुटबल क्लब र महिन्द्रा ट्रयाक्टरबीच सम्झौता भएको छ । नेपालका लागि महिन्द्रा ट्रयाक्टरका लागि आधिकारिक विक्रेता बतास ब्रदर्स प्रालिका सिइओ राजेश रानाभाट र पटिहानी फुटबल क्लबका अध्यक्ष पोष्टराज तिमिल्सिनाले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । दुई लाख रुपैयाँ  प्रायोजन सम्झौता एक वर्षको रहेको छ ।

महिन्द्रा ट्रयाक्टरले यस क्लबसँग गत साल पनि डेढ लाख रुपैयाँको प्रायोजन सम्झौता गरेको थियो । बतास ब्रदर्स प्रालिका सिइओ राजेश रानाभाटले क्लबको गतिविधि प्रभावकारी भएको भन्दै विगतलाई हेरेर पुनः सम्झौता गरिएको बताए ।

क्लबको कार्यक्षेत्र ग्रामीण र कृषि उत्पादनको पकड क्षेत्रमा रहेको अवस्थामा भूगोल सुहाउँदो गरी महिन्द्रा ट्रयाक्टरसँग प्रायोजन निरन्तरता हुनु पटिहानी फुटबल क्लब र यस क्षेत्रका लागि खुसीको कुरा भएको तिमल्सिनाले बताए ।सम्झौता कार्यक्रममा सहभागी चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले कर्पोरेट हाउसहरूको सहयोगले फुटबल गतिविधि अघि बढाउन मद्दत मिल्ने बताए ।