राजस्व बुझाउन काठमाडौं फनपार्कलाई महानगरको २४ घन्टे अल्टिमेटम

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले प्रदर्शनीमार्गस्थित काठमाडौं फनपार्कलाई राजस्व बुझाउन २४ घन्टे अल्टिमेटम दिएको छ। उक्त फनपार्कले वर्षौँदेखि कर नतिरेको भन्दै महानगरले बुधबार पत्र काटेर २४ घन्टे अल्टिमेटम दिएको हो।

‘...सोअनुसारको व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभाग बबरमहलमा गई पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवानासमेत दाखिला गर्नुहुन अनुरोध छ,’ पत्रमा भनिएको छ।

उक्त समयभित्र कर नबुझाए फनपार्क सिलबन्दी गरी राजस्व असुल गरिने महानगरले चेतावनी दिएको छ।

सुझावित समाचार