Skip This
अर्थ ज्ञान : के हो लघुबिमा?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १४ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ १४ मंगलबार १o:३८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थ ज्ञान : के हो लघुबिमा?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ १४ मंगलबार १o:३८:oo

न्यून आय भएका वा विपन्न वर्गका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिने बिमा नै ‘लघुबिमा’ हो । सामान्यतः साना आकारको बिमा नै लघुबिमा हो र साना आकारको बिमा गर्ने कम्पनी नै लघुबिमा कम्पनी हुन् । यस्ता कम्पनीले तोकिएको सीमाभन्दा माथि गएर बिमा गर्न पाउँदैनन् । 

न्यून आय भएका व्यक्तिको भविष्यमा हुन सक्ने जोखिमलाई लघुबिमाले वहन गर्छ । विश्वका अधिकांश देशमा लघुबिमा कम्पनी सञ्चालनमा छन् । 

नेपालमा भने पहिलोपटक लघुबिमा कम्पनी स्थापना गर्न लागिएको छ । हालै संसद्बाट पारित भएको बिमा ऐनमा पनि यो व्यवस्था छ ।  बिमा समितिले लघुबिमा कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान गरिसकेको छ ।