१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १४ मंगलबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १४ मंगलबार o६:५५:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालको लज्जास्पद हार 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १४ मंगलबार o६:५५:oo

फेरि एकपटक ब्याट्सम्यानले सम्हालिएर खेल्न नसक्दा नेपाल चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा केन्यासँग सात रनले पराजित भएको छ । यस नजितासँगै पाँच टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपाल र केन्याबीच २–२ को अवस्थामा पुगेको छ । अन्तिम तथा निर्णायक खेल मंगलबार हुनेछ । यस खेलमा विजयी टोलीले उपाधि उचाल्नेछ । पहिलो ब्याटिङ गरेको केन्याले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय एक रनको झिनो योगफल खडा गरेको थियो । सहज लक्ष्य पछ्याएको नेपालले २० ओभरमा नौ विकेट गुमाउँदै ९४ रन मात्र जोड्यो । 

रोहित मात्र जमे
टी–२० खेलमा निकै सहज लक्ष्य पछ्याएको नेपाली ब्याट्सम्यानले केन्याविरुद्ध एक–एक रन बटुल्न संघर्ष गरेका थिए । नैरोबीको मैदानमा नेपालबाट उपकप्तान रोहितकुमार पौडेलले मात्र दोहोरो रन बनाएका थिए । यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन पनि छुन सकेनन् । इनिङ्सको एक छेउमा आफ्नो विकेट बचाइराखेका रोहितले अर्कोतिरका ब्याट्सम्यान क्रमशः आउट हुँदै गए । लगातार विकेट गुमाउँदा नेपालले कुनै पनि समयमा केन्यालाई चुनौती दिन सकेन । चौथो क्रममा ब्याटिङ गरेका रोहितले सर्वाधिक ४७ रन बनाउन ५५ बलमा समान दुई चौका र छक्का प्रहार गरेका थिए । रोहित इनिङ्सको १९.५ ओभरमा रोहित भुडिया एनगोचेको बलमा बोल्ड भएपछि नेपालको जित्ने सबै सम्भावना समाप्त भयो । 

एक सय एक रन लक्ष्य पछ्याएको नेपालले २० ओभरमा नौ विकेट गुमाएर ९४ रन मात्र जोड्यो । नेपालका रोहितले मात्र सर्वाधिक ४७ रन बनाए । नेपालका लागि कप्तान सन्दीपले पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० खेलमा पाँच विकेट लिए

पहिलो बलमै विकेट
नेपालले इनिङ्सको पहिलो बलमै विकेट गुमाएको थियो । केन्याका ओटिएनोले ओपनर पवन सराफलाई विकेटपछाडि सिंहबाट क्याचआउट गराएका थिए । पवनको विकेटसँगै नेपाल सुरुदेखि नै दबाबमा देखियो । नेपालले शीर्ष तीन ब्याट्सम्यान केवल १३ रनको अन्तरमा गुमाएको थियो । अघिल्लो खेलमा डेब्यु गर्दै सानदार सुरुवात गरेका अर्जुन साउद र सोही खेलकै म्यान अफ दी म्याच ज्ञानेन्द्र मल्ल समान ६ रनमा आउट भए । अर्जुनको विकेटपछि क्रिजमा रोहित आए । तर, उनलाई क्रिजमा साथ दिन ब्याट्सम्यान भएनन् । उनले दीपेन्द्रसिंह ऐरीसँग चौथो विकेटका लागि २६ रनको साझेदारी गरे । ऐरीले ९ बलमा ६ रन मात्र बनाए । आरिफ शेख २ रन, आदिल अन्सारी ८ रन, करण केसी ५ रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने चार रनमा अविजित रहे । नेपाललाई अन्तिम ओभरमा १२ रन चाहिएको थियो । चौथो बलसम्म रोहित र सन्दीपको जोडीले चार रन जोडे । केन्याका राकेप पटेलले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले १९ रन खर्चिए । यस्तै, विराज पटेल, सेम एनगोचे र एलिजाह ओटिएनोले समान २ विकेट लिए । 

लुकासको आक्रामक ब्याटिङ
यसअघि टस जितेर ब्याटिङ गरेको केन्याको पनि सुरुवात त्यति सन्तोषजनक रहेन । ओपनर कोलिन्स आवुयाले ३० बलमा दुई चौकाको सहयोगमा २० रन बनाए । त्यसपछिका ६ जना ब्याट्सम्यानले समग्रमा ३१ रन जोडे । सातौँ क्रमका ब्याट्सम्यान सुखदीप सिंह आउट हुँदा केन्या १३.२ ओभरमा ४८–६ को नाजुक स्थितिमा पुग्यो । यो अवस्थामा नेपालले केन्यालाई सय रनमुनि नै आउट पार्न सक्थ्यो । तर, आठौँ क्रमका ब्याट्सम्यान लुकास ओलुओचले आक्रामक ब्याटिङ गर्दै खेल नेपालबाट छिने । उनले केवल १८ बलमा समान तीन चौका र छक्का प्रहार गर्दै ३३ रनको योगदान दिए । कप्तान सेम गोचेले १० बलमा १३ रन जोडे । लुकासलाई दीपेन्द्रसिंह ऐरीले कट एन्ड बोल्ड गरे । 

बलिङमा सन्दीप चम्किए 
नेपालका कप्तान सन्दीप लामिछाने बलिङमा प्रभावशाली प्रदर्शन गरेपछि केन्या सस्तैमा समेटिएको थियो । तर, सन्दीपको मिहिनेतमा ब्याटिङ लाइन लयबाहिर रहँदा नेपालले एक खेलअघि नै शृंखला जित्नबाट वञ्चित भयो । सन्दीपले पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० खेलमा पाँच विकेट लिन सफल भए । उनले चार ओभरमा ९ रन खर्चिका थिए । उनको औसत बलिङ २.२५ रह्यो । सन्दीपले ४३ अन्तर्राष्ट्रिय टी–२० खेलमा ८३ विकेट पु¥याएका छन् । उनले अहिलेसम्म नौ सय ७७ बलमा एक हजार ४२ रन खर्चेका छन् । केन्याविरुद्ध आदिलले दुई विकेट लिन २१ रन खर्चिएका थिए । यसबाहेक शाहव आलम र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।