प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरू राष्ट्रपतिको कार्यालय शीतलनिवास पुगेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले छलफलका लागि बोलाएपछि उनीहरू शीतलनिवास पुगेका हुन्। प्रधानमन्त्री देउवासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की छलफलमा सहभागी छन्।