हरितालिका तिजको अवसरमा मेगा क्यापिटलले नारी सशक्तीकरणका लागि छुटसहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्ने भएको छ । कम्पनीले नारीहरूले आत्मनिर्भरताका लागि सेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पुर्याउने विश्वासका साथ योजना ल्याएको हो ।
योजनाअनुसार महिलाहरूले आफूले पर्याप्त समय दिन असमर्थ हुँदा वा सेयर बजारसम्बन्धी जानकारी तथा अनुभव नभए तापनि विशेषज्ञहरूबाट व्यावसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्ने जनाइएको छ । यो योजनामा न्यूनतम तीन लाख रुपैयाँ लगानीबाट सुरुवात गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहने कम्पनीको भनाइ छ ।
विशेषज्ञहरूबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकाले यो सेवा सुरक्षित रहने सम्भावना उच्च रहेको कम्पनीको दाबी छ । योजना भदौ १२ देखि असोज १२ सम्म लागू हुने जनाइएको छ । यस सेवामा एएमसी पूर्ण रूपमा निःशुल्क हुने तथा आफूसँग भएको सेयर हस्तान्तरण गरेर पनि प्रारम्भ गर्न सकिने कम्पनीले जनाएको छ ।