१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १२ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ भदौ १२ आइतबार १८:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुढीगण्डकीलाई यही वर्ष विद्युत् उत्पादन कम्पनी बनाइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ भदौ १२ आइतबार १८:o५:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बहुउद्देश्य बुढीगण्डकी जलविद्युत् आयोजना यही वर्ष बुढीगण्डकी विद्युत् उत्पादन कम्पनी बनाएर अगाडि बढाउने बताएकी छिन्। आइतबार मन्त्रालयको पत्रकार सम्मेलनमा एक वर्षको मन्त्रालयको कार्यप्रगति सार्वजनिक गर्दै मन्त्री भुसालले यस्तो बताए।

उनले बुढीगण्डकी जलविद्युत् आयोजना १२ सय मेगावाटको स्टोरेज आयोजना भएको बताइन्। मन्त्री भुसालले उक्त आयोजना निर्माणको लागि जग्गा मुआब्जा, पुनर्वासलगायतको काम करिब सकिन लागेको जानकारी दिइन्। नेपालमा वर्षाको समयमा विद्युत् धेरै हुने र हिउँदमा कम हुने भएकाले ६५ दिन भरपर्दो विद्युत् निर्माणको लागि स्टोरेजमा जानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।