मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १२ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १२ आइतबार १६:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकाका प्रहरी कार्यालयसँग वार्षिक कार्य सम्पादन सम्झौता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १२ आइतबार १६:२१:oo

प्रहरीले उपत्यकाभित्र कार्यरत कार्यालय प्रमुखसँग वार्षिक कार्य सम्पादन सम्झौता गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहत रहेका कार्यालय प्रमुखहरूसँग कार्य सम्पादन सम्झौता भएको हो । 

सम्झौतापत्रमा उपत्यका प्रहरी कार्यालयका तर्फबाट कार्यालय प्रमुख एआइजी रविन्द्र धानुक र  मातहत कार्यालयका तर्फबाट सम्बन्धित कार्यालय प्रमुखहरूको हस्ताक्षर छ । नेपाल प्रहरी प्रमुख आइजिपी धीरजप्रताप सिंह र उपत्यका कार्यालय प्रमुख एआइजी धानुकबीच गत २५ साउनमा भएको सम्झौताबमोजित मातहतका कार्यालयसँग सम्झौता गरिएको हो ।

उपत्यका कार्यालयमातहत त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रहरी परिसर ललितपुर, जिल्ला प्रहरी परिसर भक्तपुर रहेको छ । सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको हो । 

हस्ताक्षरपछि उपत्यका प्रहरी कार्यालय प्रमुख एआइजी धानुकले सम्झौतापत्रमा उल्लेख भएका कार्यहरू अक्षरशः पालना गर्न मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । यसका लागि मातहत रहेका युनिटलाई परिचालन, उत्प्रेरित गर्न एवं नियमित, अनुगमन र सुपरिवेक्षण गर्नसमेत उनले निर्देशन दिए । 

उनले भने, ‘अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपत् व्यवस्थापनलगायतका प्रहरी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक छ । यसका लागि प्रहरी कर्मचारीहरूको व्यवस्थापन र क्षमता अभिवृद्धि गर्ने र प्रशासनिक काम कारबाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्य सम्पादन करार उपलब्धिमूलक हुने विश्वास छ ।’

कार्यक्रममा विमानस्थल सुरक्षा कार्यालय डिआइजी श्यामलाल ज्ञवाली, उपत्यका ट्राफिक प्रहरी कार्यालय डिआइजी मीरा चौधरी, उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी जनक भट्टराई, प्रहरी परिसर काठमाडौं एसएसपी भरतबहादुर बोहरा, प्रहरी परिसर ललितपुर प्रमुख एसएसपी यज्ञविनोद पोखरेल र परिसर भक्तपुर प्रमुख एसपी प्रजित केसी सहभागी थिए ।