मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ ११ शनिबार
  • Tuesday, 15 July, 2025
गणेश लम्साल विराटनगर
२o७९ भदौ ११ शनिबार o९:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भन्सारभित्रैबाट तस्करी भएको आशंकामा ८ कन्टेनर चाइनिज स्याउ प्रहरी नियन्त्रणमा 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ भदौ ११ शनिबार o९:o९:oo

विराटनगर भन्सारबाट जाँचपास भएर भारत निकासी हुन लागेको आठ कन्टेनर  चाइनिज स्याउ मोरङ प्रहरीले नियन्त्रणमा लिएर पुनः मुल्यांकनका  लागि राजस्व अनुसन्धानमा बुझाएको छ । विराटनगर भन्सारबाट जाँचपास भएर शुक्रबार भन्टाबारी रिरुट मार्गमार्फत भारत निकासी हुन लागेको आठ कन्टेनर चाइनिज स्याउ प्रहरीले भन्सारभित्रैबाट राजस्व  छली गरेर तस्करी  गरेको आशंकामा नियन्त्रणमा लिएर पुनःमुल्यांकनका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको हो । 

जाँचपास गराउने क्रममा मिलेमतोमा मूल्यांकन र परिमाण कम गराएर भन्सार छलि गराएको सूचना पाएपछि  शुक्रबार राती विराटनगर १३ मलाय रोडबाट आठ कन्टेनर स्याउ नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । उनका अनुसार नियन्त्रणमा लिएको स्याउ थप मूल्यांकनका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको  छ।   

प्रहरीले नियन्त्रणमा लिएका स्याउ  एनएल ०१ एइ ४७०५, एनएल ०१ एइ ३७२२, एनएल ०१ एन २६६३, एनएल ०१ एबी २४१० एनएल ०१ कियू २२२२ भारतीय नम्बर प्लेटका पाँचवटा र  ना. ५ ख ५६००, को १ ख ६९३९०१– ०२–००१ ख ८५५६ नम्बरको  तीन वटा कन्टेरमा लोड गरिएको छ । उक्त चाइजीज स्याउको धनी को हो ? र कति मूल्यवारको कति मात्रमा छ भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गत ५ साउनमा विराटनगर १८ स्थित आइसिपी रोडबाट शुक्रबार विहान आठ वटा विभिन्न भारतीय नम्बरका ट्रकमार्फत भारत लैजान लागेको शंकास्पद सुपारी मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो ।  तेस्रो मुलुकको सुपारी नेपाली उत्पादन बनाएर भारत लैजान लागेको भन्द्रै नियन्त्रणमा लिएको उक्त सुपारी मोरङ प्रहरीले थप अनुसन्धानका लागि राजस्व इकाई इटहरीलाई बुझाएको थियो । अझैसम्म उक्त सुपारीबारे राजस्वले अनुसन्धान गरिरहेको छ ।