धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबार नेप्से परिसूचक १६.९३ अंकले ओरालो लागेर दुई हजार २२.६२ अंकमा कायम भएको छ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७७ अंकले घटेर तीन सय ९१.७४ अंकमा झरेको छ। कुल दुई सय १३ कम्पनीका ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता सेयर एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० रुपैयाँमा खरिद–बिक्री भए।
कारोबार भएका १३ उपसमूहमध्ये जीवन बिमा उपसमूहको सेयर मूल्यमा मात्रै आज वृद्धि भएको छ। सो उपसमूहको सेयर ३४.११ अंकले उकालो लाग्यो।
त्यस्तै बैंकिङ ९.७, व्यापार ३८.९१, होटेल तथा पर्यटन ४.०५, विकास बैंक ४७.६९, जलविद्युत् ४०.६६, वित्त ३३.१७, निर्जीवन बिमा ५६.७९, उत्पादन ५४.६८, अन्य ६.७५, लघुवित्त ४१.४१, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.६९ अंकले ओरालो लाग्यो।
शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु. २८ खर्ब ९८ अर्ब २६ करोड ६ लाख ४८ हजार एक सय १५ बराबर रहेको छ। नेप्सेका अनुसार कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको ६ करोड ६८ लाख ६१ हजार पाँच सय ४६ रुपैयाँबराबरको सेयर कारोबार भयो।
यस्तै, रिडी हाइड्रोपावर रु. पाँच करोड ८७ लाख १३ हजार दुई सय ८७, अरुण काबेली पावर कम्पनी रु. चार करोड ७४ लाख १९ हजार सात सय ८७, राधी विद्युत् कम्पनी रु. चार करोड २८ लाख ४१ हजार छ सय ८९ र नेपाल दूरसञ्चार कम्पनी रु. तीन करोड ९० लाख ५७ हजार आठ सय ६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।