१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १० शुक्रबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ १० शुक्रबार १o:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भाद्रकृष्ण औँसी : गोकर्णमा श्राद्ध गर्नेको भिड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ १० शुक्रबार १o:५४:oo

राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्रकृष्ण औँसीका अवसरमा श्राद्ध गर्नेको भिड लागेको छ । श्राद्धकाल अर्थात् मध्याह्नमा आज औँसी परेकाले भक्तजनको भिड लागेको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ । श्राद्ध गर्न आउने भक्तजनका लागि सबै व्यवस्था गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका– ४ का अध्यक्ष जयराम महतले जानकारी दिए । बाबुको मुख हेर्ने पर्वका अवसरमा शनिबार पनि गोकर्णेश्वरमा मेला लाग्ने गर्छ ।

पितृका नाममा श्राद्ध गर्ने भक्तजनको भने आजै मन्दिर क्षेत्रमा भिड लागेको हो । शनिबार मघा नक्षत्र परेकाले श्राद्ध गर्नु नहुने भन्दै श्रद्धालु भक्तजनको मन्दिर क्षेत्रमा भिड लागेको छ । गोकर्णेश्वरलाई पितृतीर्थका रूपमा लिइन्छ । पिता दिवंगत हुनेले भाद्रकृष्ण औँसीका अवसरमा यहाँ आई श्राद्ध गरेमा पितृ तृप्त हुने शास्त्रीय मान्यता छ । पिता जीवित हुनेले भने भाद्रकृष्ण औँसीका दिन मीठा खानेकुरा खान दिई बाबुको मुख हेर्छन् । बाबुको मुख हेर्ने पर्व यस वर्ष शनिबार परेको छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी तीर्थ श्राद्धमा मघा नक्षत्र बार्नु नपर्ने बताउँछन् । तीर्थ श्राद्धमा समय पनि बार्नु नपर्ने र जुन समयमा पुग्यो त्यही समयमा गर्न सकिने उनले जानकारी गराए ।  मघालाई नै लिएर गरिने श्राद्ध मात्र छोरा हुनेले गर्नु नहुने शास्त्रीय मान्यता रहेको अध्यक्ष अधिकारीले बताए । मघा नक्षत्र परेका दिन गरिने तिथि विशेषको श्राद्धलाई मघा श्राद्ध भनिँदैन । सोह्रश्राद्धमा भने मघा नक्षत्र परेका दिन श्राद्ध नगरिने समितिले जनाएको छ ।

ad
ad
ad
ad