१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १० शुक्रबार
  • Friday, 05 July, 2024
२o७९ भदौ १० शुक्रबार o८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

सात करोड १९ लाख कित्ता प्राथमिक सेयर निष्कासनको पर्खाइमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १० शुक्रबार o८:o९:oo

नेपाल धितोपत्र बोर्डमा आइपिओ (प्राथमिक सेयर) निष्कासनका लागि आवेदन दिएका कम्पनीको सात करोड १९ लाख २८ हजार सात सय पाँच कित्ता सेयर पाइपलाइनमा रहेका छन् । १६ जलविद्युत् कम्पनी, दुई इन्स्योरेन्स कम्पनी, दुई माइक्रो फाइनान्स कम्पनी, एउटा लगानीगत कम्पनी, दुई होटेल, तीन उत्पादनमूलक कम्पनी र अन्य समूहमा रहेका तीनवटा गरी २९ वटा कम्पनीहरूको १० अर्ब चार करोड ८८ लाख २८ हजार मूल्यबराबरको सेयर निष्कासनको तयारीमा रहेका छन् ।

बोर्डका अनुसार प्रारम्भिक चरणमा १९ वटा कम्पनीहरू रहेका छन् । सात अर्ब ५० करोड रुपैयाँबराबरको चार करोड ६४ लाख ९७ हजार कित्ता सेयर रहेको छ । यी कम्पनीहरूले बोर्डमा सेयर निष्कासनका लागि आवेदन दिएको र थप कागजपत्र बुझाउने पक्रियामा रहेका छन् ।

त्यस्तै, पहिलो चरणको कागजपत्रलाई पुनरावलोकलन गरी थप कम्पनीको विवरण बुझाउन बाँकी रहेका चारवटा कम्पनी छन् । ९८ करोड २० लाख रुपैयाँबराबरको ९८ लाख २० हजार कित्ता सेयर यस चरणमा रहेका छन् । त्यस्तै, तेस्रो चरणमा पुगेर कम्पनीको विस्तृत जवाफ र समीक्षाअन्तर्गतमा ६ वटा कम्पनी रहेका छन् । यस चरणमा एक अर्ब ५६ करोड ११ लाख मूल्यबराबरको एक करोड ५६ लाख ११ कित्ता सेयर निष्कासनको तयारीमा रहेका छन् ।

 

ad
ad
ad
ad