मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ९ बिहीबार २१:३१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

५० मेगावाट विद्युत् व्यापार गर्ने नेपाल–बंगलादेश सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ९ बिहीबार २१:३१:००

५० मेगावाटसम्मको बिजुली व्यापार गर्न नेपाल र बंगलादेशबीच सहमति भएको छ । त्यसका लागि दुई देशले भारत सरकारको नोडल एजेन्सी एनटिपिसी विद्युत् व्यापार निगमसँग समझदारीका लागि आग्रह गर्ने सहमति पनि भएको छ । 

दुई देशका ऊर्जासचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को आज भएको बैठकले यस्तो सहमति गरेको हो । जेएससी दुई देशबीच ऊर्जा सहकार्यका लागि गठन गरिएको हो । 

नेपाल र बंगलादेशको त्यस्तो आग्रहलाई एनटिपिसी विद्युत् व्यापार निगमले सहमति दिए नेपालले ५० मेगावाट बिजुली बंगलादेशसँग व्यापार गर्न सक्नेछ ।  बैठकमा भारत सरकारले प्रसारणलाइन प्रयोगको अनुमति दिए विद्युत् व्यापार सुरु गरिहाल्ने सहमति भएको बैठकमा सहभागी एक नेपाली अधिकारीले जानकारी दिए । 

बैठकमा नेपालबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी तथा बंगलादेशबाट विद्युत्, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमान नेतृत्वको टोली सहभागी थियो ।