मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ९ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ९ बिहीबार १५:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले पार्टी नभई कर्पोरेट हाउस हो, ओली कर्पोरेटका सिइओ हुन् : उपमहासचिव पुन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ९ बिहीबार १५:२८:oo

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले पार्टी नभई कार्पाेरेट हाउस भएको टिप्पणी गरेका छन्। एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको भन्दै उनले त्यसको सिइओ केपी ओली तथा अरू नेताहरू डाइरेक्टर र डेपुटी डाइरेक्टरको भूमिकामा रहेको बताए।

पार्टीको बागमती प्रदेशअन्तर्गतका सबै जिल्लाका समन्वय समिति संयोजक र पालिका अध्यक्षहरूको संगठनात्मक कार्यशालालाई सम्बोधन गर्दै पुनले ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीन कम्पनीमा रूपान्तरण गरेको बताए। अधिकांश एमालेजन पार्टी पार्टीजस्तो नभई कर्पोरेट कम्पनी भएकोबारे जानकार भए पनि नाफाका लागि उनीहरू एमालेमै बसिरहेको उनको आरोप छ।

‘एमाले पार्टी होइन, कर्पोरेट हाउस हो। ओली कर्पोरेट हाउसमा सिइओ र अरू नेताहरू डाइरेक्टर, डेपुटी डाइरेक्टरजस्ता छन्,’ उनले भने।  एमाले विचार र सिद्धान्तमा नभई नाफा र स्वार्थका लागि चलेको उनको आरोप छ। ‘एमालेमा मानिसहरू बसिरहेको विचार र राजनीतिले होइन।  ठूलो कर्पोरेट हाउसमा बस्दा फाइदा धेरै हुन्छ । ब्रान्ड बिक्छ, कर्पोरेटमा तलब/सुविधा बढ्छ, बोनस पाइन्छ भनेर हो,’ पुनले भने, ‘कर्पोरेट हाउसमा कामदारहरू नाफाका लागि मिहिनेत गर्छन्, ज्यान दिन पनि तयार हुन्छन् । एमालेका नेता–कार्यकर्ता त्यस्तै भएका छन् ।’ 

कर्पोरेट संस्कारमा हुर्किएका कारण एमाले कार्यकर्ताले ओलीले दुईपटकसम्म संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्दा र व्यवस्थामाथि नै प्रहार गर्दा पनि बोल्न नसकेको उनले टिप्पणी गरे। तर, माओवादी केन्द्र भने विचार, राजनीति र सिद्धान्तमा आधारित समाजवादी कार्यदिशा बोकेको पार्टी भएको उनकाे दाबी छ।

फरक प्रसंगमा पुनले गठबन्धनमा आबद्ध अरू दललाई बाँडेर बाँकी रहेको सिटमध्ये ६० प्रशितमा कांग्रेस र ४० प्रतिशत स्थानमा माओवादीले लिने गरी एक–दुई दिनभित्रै सिट बाँडफाँडको टुंगो लाग्ने उल्लेख गरे।