चर्चित इटालियन फेसन ब्रान्ड ‘दा मिलानो इटालिया’का नयाँ फेसन प्रडक्ट नेपाली बजारमा भित्रिएका छन् । चाडपर्वहरू नजिकै आएपछि आरपी ग्रुपले दा मिलानोका नयाँ फेसन बजारमा ल्याएको हो । सात वर्षअघि नेपाल भित्रिएको दा मिलानो ब्रान्डको सोरुम दरबारमार्गमा छ । आरपी ग्रुपले झन्डै डेढ दर्जन अन्तर्राष्ट्रिय फेसन ब्रान्ड भित्र्याएर बिक्री गर्दै आइरहेको छ ।
सोरुममा महिला तथा पुरुष दुवैका लागि जुत्ता, स्यान्डल, ब्याग, लगेज, पर्स, बेल्टलगायत लेदरका नयाँ फेसन प्रडक्ट डिस्प्लेमा राखिएको छ । लेदरजन्य फेसनमा दा मिलानो विश्वमै प्रख्यात रहेको सोरुम म्यानेजर ग्रेसा खड्काले बताइन् । ग्राहकले दसैँ नजिकै आउन थालेसँगै नयाँ फेसन खोज्न थालेको उनले बताए ।
दा मिलानो कम्पनीका ‘दा मिलानो इटालिया’ र ‘रोसो बुर्नेलो’ गरी दुईवटा ब्रान्ड रहेका छन् । रोसो बुर्नेलो ब्रान्डमा लेडिज र जेन्स सुज तथा स्यान्डलहरू उपलब्ध छन् । दा मिलानो इटालिया ब्रान्डमा जेन्स ब्याग, लेडिज ब्याग, कम्प्युटर ब्याग, सुटकेस, म्याकबुक कभर, ज्वेलरी बक्स, बेल्ट, वालेट, मेकअप ब्याग, सेभिङ ब्याग, कार्डहोल्डर, मोबाइल केसलगायत फेसन प्रडक्ट उपलब्ध रहेको म्यानेजर खड्काले जानकारी दिइन् ।
कोभिडपछि सुस्ताएको ब्रान्डेड फेसनको माग क्रमशः बढ्न थालेको छ । अहिले दरबारमार्गलगायत ठाउँका ब्रान्डेड पसलमा ग्राहकको चहलपहल बढ्दो छ । दा मिलानोको भारतस्थित उद्योगबाट उत्पादित फेसन नेपाली बजारमा आउँछन् । दा मिलानोले विश्वभर एउटै गुणस्तरको प्रडक्ट उत्पादन तथा बिक्री गर्दै आएको जानकारी दिएको छ ।
दा मिलानोका विश्व फेसन बजारमा उपलब्ध अधिकांश प्रडक्ट नेपाली बजारमा पनि उपलब्ध रहेको म्यानेजर खड्काले बताइन् । फेसनका पारखीहरूले आफ्नो पहिरनसँग म्याच हुने जुत्ता, स्यान्डल, झोला, बेल्ट लगाउन खोज्छन् । दैनिक रूपमा फेरिइरहने फेसन ट्रेन्डअनुसार हरेक प्रकारका सामान उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।