मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ ८ बुधबार
  • Wednesday, 02 September, 2026
२o७९ भदौ ८ बुधबार २o:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवालाई एमालेले के दियाे सन्देश ?

बहुमतको बलमा अघि बढे नागरिकता र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक चुनावी एजेन्डा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ८ बुधबार २o:५५:oo

प्रमुख विपक्षी एमालेले बहुमतको बलमा नागरिकता र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाए त्यसलाई चुनावी एजेन्डा बनाउने संकेत गरेको छ। आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा एमाले अध्यक्ष केपी ओलीले त्यस्तो संकेत गरेका हुन्। 
बहुमतको आधारमा दोस्रोपटक प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारितको तयारी पनि चलिरहेको छ। यस्तोमा आक्रोशित एमालेले दुवै विषयलाई चुनावी एजेन्डा बनाउने तयारी गरेको हो। 

भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई राष्ट्रिय महत्वको संवेदनशील विषयमा प्रमुख प्रतिपक्षी दललाई विश्वासमा नलिई बहुमतको बलमा सरकार अघि बढेको भन्दै असन्तुष्टि जनाएको भेटमा सहभागी एक नेताले जानकारी दिए। ती नेताका अनुसार यसलाई सरकारले नसच्याए एमालेले यो एजेन्डा जनताको बीचमा लैजाने ओलीको स्पष्ट भनाइ थियो। 

राष्ट्रपति विद्या भण्डारीले पन्ध्रबुँदे सुझाबसहित पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक सरकारले प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गरिसकेको छ। विधेयक राष्ट्रिय सभामा पेस हुने तयारी भइरहेको छ। अर्कोतर्फ, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्ने गरी संसदमा कार्यसूची अगाडि बढेको छ।