समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय सानेपा लगिँदै छ । कांग्रेस पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीर सानेपा लगिएको हो ।
घाँटीको क्यान्सरका कारण हिजो राति साढे ९ बजे निधन भएका गिरिको पार्थिव शरीर मेडिसिटी अस्पतालमा रहेको शिवालय परिसरमा आज बिहानदेखि साढे ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
सयौँ समर्थक, शुभचिन्तक, कांग्रेस कार्यकर्ता तथा नेताले अस्पताल परिसरमा उपस्थित भएर गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।