मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १७ मंगलबार
  • Tuesday, 31 January, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ५ आइतबार ०१:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आइतबार अन्त्येष्टि गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ५ आइतबार ०१:५६:००

समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको आइतबार अन्त्येष्टि गरिने भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार आइतबार नै अन्त्येष्टि गरिने भएको छ ।

गिरिको शव बिहान ११ बजेसम्म मेडिसिटी हस्पिटलको शिवालयमा राखिनेछ । त्यसपछि, २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा रहेको बिपी स्मृति भवनमा राखिने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

घाँटीको क्यान्सरबाट पीडित गिरिको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार राति साढे ९ बजे निधन भएको हो । 

उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा‌. पंकज वर्मनका अनुसार शरीरका अन्य भागमा पनि क्यान्सर फैलिएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।