१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
फाइल फाेटाे
२०७९ भदौ ४ शनिबार १२:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विकासबाहेक मेराे अरु स्वार्थ छैन : नेता पौडेल

Read Time : < 1 मिनेट
२०७९ भदौ ४ शनिबार १२:४७:००

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन्। तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य रहेको बताएका हुन्।

जिल्लाको विकास र समृद्धिबाट जनताको जीवनस्तर उकास्नका लागि आफूले राजनीति गरेको बताउँदै उनले त्यसका लागि आफू क्रियाशील रहेको दोहो¥याए।

मंसिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने पनि उनले प्रष्ट पारेका छन्। संविधानको रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले आगामी दिनमा पनि निरन्तरता पाउने उनको दाबी छ। निर्वाचनको मिति तोकिएसँगै नेता पौडेलले गृहजिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन्। रँसस