१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ४ शनिबार
  • Saturday, 28 September, 2024
२o७९ भदौ ४ शनिबार ११:३१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तिजको दिन बेंसीसहरस्थित फुलबारी मञ्चमा 'तिज उत्सव' हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ४ शनिबार ११:३१:oo

तिज उत्सव २०७९ लाई सफल बनाउन ७  वटा उपसमिति गठन

हरितालिका तिजको अवसरमा लमजुङको बेंसीशहरमा १७औं तिज उत्सव कार्यक्रम २०७९  हुने भएको छ । बेंसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमका आयोजना गरी तिज उत्सव आयोजना गर्न लागेको हो । क्लवले शनिबार  बेंसीसहरमा  पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि उत्सवबारे जानकारी गराएको हो ।  

क्लबका अध्यक्ष  जुन तामाङले हरेक वर्ष क्लबले विविध साँस्कृतिक कार्यक्रम साथै खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यस वर्ष पनि तिज उत्सव गर्ने बताए । उनले भने 'तिज उत्सवले समाजमा लुकेर रहेका महिलाको प्रतिभा उजागर गरी महिला जागरणका साथै महिला शसक्तिकरणमा सघाउ पुर्‍याउनेछ ।' 

उनका अनुसार तिज उत्सव २०७९ लाई सफल बनाउन ७  वटा उपसमिति गठन गरिएको छ ।  कार्यक्रमका लागि करिव ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तिज उत्सव १४ भदौ हरितालिका तिजको दिन बेंसीसहरस्थित फुलबारी मञ्चमा हुनेछ । 

उत्सवको अवसरमा  भदौ  ९, १० र ११  गते फुलबारी मञ्चमा सातौ खुल्ला तथा चौथो प्रविनकुमार कायस्थ राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने लमजुङ मर्स्याङ्दी युवा क्लबका कार्यबाहक अध्यक्ष बिजयकुमार श्रेष्ठले बताए   ।

उनले भने 'कोरोनाका कारण दुई बर्ष सम्म स्थगित भएको तिज उत्सव यसपटक सन्चालन गर्न लागीएको हो ।' उत्सवले खेलकुदको विकास, सस्कृतिको संरक्षण युवा शसक्तिकरण लागुऔषध दुर्व्यसनी र समाजलाई सकारात्मक बाटो तर्फ अगाडि बढाउन सहयोग पुग्नेछ ।  

क्लबका सचिव रियाज मियाका अनुसार राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिताको पहिलो पुरस्कार नगद ४० हजार मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद २५ हजार मेडल र प्रमाणपत्र, सान्त्वना पुरस्कार दुई समुहलाई १०/१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । क्लबले खेलकुद प्रतियोगितासगै तिजको अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।