मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ ३ शुक्रबार
  • Friday, 14 August, 2026
२o७९ भदौ ३ शुक्रबार १४:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थारू समुदायले  मनाए परम्परागत हरेरी पूजा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ३ शुक्रबार १४:२३:oo

पश्चिम तराईका थारू समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन्। परम्परागत रूपमा हरेरी पूजा गर्दै अएका थारू समुदायले यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ पूजा मनाएका हुन्।

धानमा किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा गरिइन्छ। धान रोपाइँ सकेको केही दिनपछि पश्चिम तराईका थारू समुदायमा गाउँभरका मानिसहरूले रकम संकलन गर्छन्। संकलन भएको रकमले पूजा सामग्री  किन्ने र देवी–देवतालाई चढाउनका लागि मिठाई किनेर देवी माताका जनावर र देवी, देवताहरूको मूर्ति बनाएर पूजा गर्ने चलन छ।