मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ३ शुक्रबार ११:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विनानिष्कर्ष सकियो माओवादी बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ३ शुक्रबार ११:३७:००

माओवादी केन्द्रको स्थायी कमिटी बैठक विनानिष्कर्ष सकिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारी टुंगो लगाउने भनिए पनि बैठक निष्कर्षविना नै सकिएको हो । आज पनि पार्टी पदाधिकारीको टुंगो भने लाग्न सकेन ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीबारे लगभग टुंगो लागिसके पनि निर्णय भने भइनसकेको बताए । उनले आगामी निर्वाचनको विषयमा पनि बैठकमा विस्तृत छलफल भएको बताए ।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण पनि पदाधिकारीको टुंगो लाग्न नसकेको बताए ।  माओवादी केन्द्रको बैठक केही दिनयता पदाधिकारी टुंगो लगाउने भन्दै निरन्तर बसिरहेको छ । यद्यपि, पदाधिकारीको टुंगो भने विविध कारणवश लाग्न सकेको छैन । 

पार्टी स्थायी कमिटीको अर्को बैठक शनिबार १ बजेका लागि बोलाइएको छ ।