१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३ शुक्रबार
  • Monday, 01 July, 2024
दीपक भट्ट रामेछाप
२o७९ भदौ ३ शुक्रबार १o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बाढीले रामेछापमा पाँच घर बगायो

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७९ भदौ ३ शुक्रबार १o:३६:oo

अविरल वर्षापछि आएको बाढीले रोमछापको गोकुलगंगा गाउँपालिका– २ ठोसेमा साँझ पाँचवटा घर बगाएको छ ।बिहीबार दिनभरि पानी परेपछि ठोसेको एकामफेदी बाहुनटोलस्थित नासिङ खोलामा आएको बाढीले पाँच घर बगाएको हो ।

एकामफेदी बाहुनटोलका सन्तोष रोकाको भूकम्पपछि पुनर्निर्माण गरिएको दुईतले पक्की घर र ज्ञानबहादुर रोकाको भूकम्पपछि पुनर्निर्माण गरिएको दुईतले पक्की घर बगाएको छ । त्यसैगरी बाढीले रमेश रोकाको दुईतले पक्की घर र हरिबहादुर खत्री र धनलक्ष्मी गुरागाईंको ढुंगामाटोले निर्माण गरेको एकपाखे घरसमेत खोलाले बगाएको छ ।

घर बगाए पनि मानवीय क्षति भने नभएको  जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए । घरवारविहीन परिवार अहिले छिमेकीको घरमा शरण लिएर बस्दै आएका छन् । 

ad
ad
ad
ad