१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३ शुक्रबार
  • Sunday, 30 June, 2024
२o७९ भदौ ३ शुक्रबार १o:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

मूल्य घटेपछि व्यापारीले गोदाममै थन्क्याए अलैँची

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ३ शुक्रबार १o:२५:oo

अलैँचीको भाउ किनेभन्दा प्रतिमन २० हजार रुपैयाँले घटेपछि अलैँची व्यापारीको गोदाममा थन्किएको छ । ४० केजीको प्रतिमन ४८ हजार रुपैयाँमा खरिद गरेको अलैँची अहिले प्रतिमन २८ हजार रुपैयाँमा सीमित भएपछि व्यापारीले अलैँची बिक्री नगरेका हुन् ।

अलैँची व्यापारी भद्रवीर रेग्मीले भने, ‘मैले प्रतिमन ४८ हजारमा अलैँची किनेँ, अहिले २८ हजारमा आइपुग्यो, कति घटा भयो आफैँ हिसाब गर्नू ।’ पाँच सय मन अलैँची किनेपछि मूल्य ह्वात्तै घटेको रेग्मीले बताए । अलैँची व्यवसायी दिनेश अधिकारीले यस वर्ष अलैँची व्यापारीमा ठूलो हलचल आएको बताए । थोरै लगानी र मिहिनेतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैँची खेतीमा लागेका कृषकहरूसमेत यतिवेला निराश भएका छन् । अलैँचीको मूल्य सुन्दा हौसिएका कृषकले धान फल्ने खेत मासेरसमेत अलैँची लगाएका थिए । ताप्लेजुङमा बाँझो भएर खेर गएको र भिरालो जमिनबाट अलैँची खेतीको विस्तार गरेका कृषकले सुरुमा राम्रो मूल्य पाउँदा खेतीयोग्य जमिनमा समेत अलैँची खेती विस्तार गरिरहेको भए पनि अहिले अधिकांश किसानले गत वर्ष उत्पादित अलैँचीसमेत बिक्री नहुँदा गोदाममै राखेका छन् । 

सात वर्षअघि फक्ताङलुङ गाउँपालिका–३, लिङखिमका कृषक मनकुमार लिम्बूले प्रतिमन एक लाख २० हजार रुपैयाँसम्ममा बेचेका थिए । तर, यस वर्ष २८ हजार रुपैयाँमा झरेपछि नबेची राखेको उनको भनाइ छ । अहिले खेतीको खर्चदेखि टिप्ने खेतालासम्मको समेत नव्यहोर्ने भएकाले बढ्ने आसमा राखेको लिम्बूले बताए । अलैँचीको मूल्य देखेर धानखेत मासेरै पनि गरेको खेती विस्तारै अहिले फाल्ने अवस्था आएको कृषक बताउँछन् । उत्पादन भएका समयमा अलैँचीको मूल्य नपाउँदा लिम्बू मात्रै होइन, अधिकांश कृषक चिन्तित छन् ।

व्यापारी रेग्मी भन्छन्, ‘अहिले नयाँ उत्पादन बजारमा आइसक्यो । मैले २० मनजति लिई नै सकेँ, तर मूल्य भने वृद्धि हुन सकेको छैन ।’ जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङलुङ–७, ओलाङचुङगोलामा मात्र अलैँचीको खेती हुँदैन भने जिल्लाका सबै स्थानीय तहमा उत्पादन हुने गरेको छ । अहिले जिल्लाका तमोर, काबेली, मेवा साथै विभिन्न औल क्षेत्रमा अलैँची टिप्न कृषकहरू व्यस्त छन् । यस वर्ष अलैँचीको उत्पादन बढ्ने संकेत देखिएको छ । नेपालका अलैँची उत्पादन हुने जिल्लामध्ये सबैभन्दा धेरै ताप्लेजुङमा हुने गरेको छ । जिल्लाबाट करिब डेढ अर्बभन्दा बढीको अलैँची उत्पादन हुने गरेको बताइन्छ । 

ad
ad
ad
ad